साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १३६ औँ आख्यान वाचन कार्यक्रम

सुरभि साहित्य प्रतिष्ठानको १३६ औँ आख्यान वाचन शृङ्खला सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौं २०७९ साल बैशाख १७ । सुरभि साहित्य प्रतिष्ठानको १३६ औँ आख्यान वाचन शृङ्खला सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमलाई उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा सुशील आचार्य, शारदा पराजुली, महेशकुमार वाग्ले, रञ्जना पराजुली लम्साल, रमेशजङ्ग थापा, परशुराम पराशर र प्रमोद प्याकुरेलले कथा र लघुकथा वाचन गर्नु भएको थियो भने राजेशमान केसीले निबन्ध वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वाचित कथाहरूको टिप्पणी कथाकार प्रमोद प्याकुरेलले गर्नुभएको थियो । दिउँसो १ बजे सुरु भएको आख्यान वाचन कार्यक्रम ३ बजे समापन भएको थियो ।

-पर्शुराम परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x