साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टी प्रवेशको समय आयो

शिर खाली भयो श्रीपेचले भर्न चाहन्छु श्रीपेच प्वाँखको होस् कि पखेटाको पुच्छरको होस् कि सपेटाको ।

Nepal Telecom ad

एकै छिन चुप लाग्नुस्
म खोजिरहेछु शान्त परिवेश
म सोचिरहेछु अशान्त मनले
म रोजिरहेछु विचारको स्खलन
हल्लैहल्लामा गरेको
हिजैको गृह प्रवेश
अशुभ पर्न गएछ
आजको पार्टी प्रवेश त
शुभ हुन दिनुस्
एकै छिन चुप्प लाग्नुस् ।

मेरो रगतमा घुलेर बसेको
सत्ताको आशक्ति
प्रभुहरूको भक्ति
सिद्धान्तप्रतिको विरक्ति
मुखरित हुँदै छन् यत्रतत्र
द्वारहरू खुल्दै छन् सर्वत्र
चिनाहरू हेरिँदै छन्
चिह्नहरू हेरिँदै छन्
घरबार मिलाएर दरबार छिर्ने
पलाएका छन् मनमा आँकुराहरू
तयार पारिँदैँ छन् श्रीपेच टाकुराहरू
हल्ला नगर्नुस्
आशीर्वाद लिने समय आएको
भर छाडेर अभरको भर पर्नु छ
द्वारहरू भटाभट खुलिरहेछन्
हरिद्वार छोडियो
हवलदार छोडियो
मलद्वार मोलियो
चिपलिँदै लर्किँदै
भर्खरै पुगिएको छ प्रवेशद्वार
अघिल्लो पटक हल्लामा हल्लिएर
अशुभ भएको शुभ बनाउनु छ
शान्त बसिदिनुस्
खुब बनाउनु छ
मलाई पार्टी प्रवेश गर्नु छ ।

पार्टी भनेको हुँ
हल्ला भयो भने भट्टी प्रवेश सुन्नु होला
अझै होहल्ला भयो भने टट्टी प्रवेश पनि सुन्नुहोला
कृपया शान्त बसिलिनुहोस्
म मौनतापूर्वक सुनिलिनुहोस्
हल्ला मच्चाउन पार्टी प्रवेश गर्न चाहन्छु
शिर खाली भयो
श्रीपेचले भर्न चाहन्छु
श्रीपेच
प्वाँखको होस् कि पखेटाको
पुच्छरको होस् कि सपेटाको
बस शान्त तलाउमा ढुङ्गा फ्याँक्नु छ
मनमा सूचि तयार छ कतिलाई ङ्याँक्नु छ
ओ महाशय सुन्नुस् त
मेरो नाम यता फलाक्नेवाला छ
नभए त्यता फलाक्नेवाला छ
नभए उता फलाक्नेवाला छ
जसरीसुकै होस्
यो टाउकोले श्रीपेच जाक्नेवाला छ ।

कृपया शान्त बसिदिनुहोस्
भर्खरै खबर पाएको छु
लरतरो होइन जब्बर धाएको छु
गर्दै टिङटिङ मोबाइलमा सन्देश आएको छ
मेरो ठ्याक्कै पार्टी प्रवेशको समय भएको छ ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाज लागेजस्तो

लाज लागेजस्तो

देवराज तिवारी
‘हुइयाँ’

‘हुइयाँ’

देवराज तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

देवराज तिवारी
माथि पुग्नुस्

माथि पुग्नुस्

देवराज तिवारी
पाँच थान ठोक्तक

पाँच थान ठोक्तक

देवराज तिवारी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x