साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुभाव भाव फैलियोस्

अजीर्ण पेट भर्नमा हुलाक चल्छ जे भनोस् विदिर्ण शुष्क खेलमा लुकेर बस्छ जोश होस् ।

Nepal Telecom ad

कुकर्म तामझाम यो छ राष्ट्रद्रोह के सहोस्
अकर्म शून्यतालले विधर्म राग जे नहोस्
सगर्व भन्छ शोकमा सहस्र यातना रहोस्
विभेद गर्छ भ्रष्टले सुभाव भाव फैलियोस् ।१

निशुम्भ शुम्भ दानवी प्रवाह गर्छ हो नहोस्
अचम्म थिच्छ भारले सवाल गर्छ के फलोस्
विधान धानमा गयो चरक्क हुन्छ बेर होस्
फरक्क फर्क कर्ममा सुभाव भाव फैलियोस् ।२

प्रयत्न लुट्न खानको दवाव लाख जो लियोस्
हुँडार बन्छ गर्तको अभाव लालचा फिरोस्
असङ्ख्य जाल झेलले इमान छोप्न दौडियोस्
अभद्र घोर जालमा सुभाव भाव फैलियोस् ।३

अजीर्ण पेट भर्नमा हुलाक चल्छ जे भनोस्
विदिर्ण शुष्क खेलमा लुकेर बस्छ जोश होस्
हजार खोंच कन्दरा सवेर देख्छ जे कहोस्
बजार दिन्छ यातना सुभाव भाव फैलियोस् ।४

रनक्क तात्छ धातु यो छ राप ताप डोलियोस्
हुरुक्क पार्छ तन्तु नै बलेर पोल्न कस्सियोस्
डुबेर पार्नु के चिसो सुरुक्क फाल्न खोजियोस्
लिसो सयौं समाजको सुभाव भाव फैलियोस् ।५

उठान हुन्न के गरौं रिवाज फेर्न जोसियोस्
सहेर जान्न दोष यो लडेर खान रोकियोस्
कुरेर हुन्न पूणर्ता छ साधना न तोडियोस
हिमाल दिन्न उष्णता सुभाव भाव फैलियोस् ।६

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x