साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि शहर पसेको भए

यसरी शहर पस्नेहरूले दरबारको वरिपरि बस्नेहरूले बाक्लो खरानी घस्नेहरूले राज्यको सम्पति डस्नेहरूले बर्षौंदेखि राजनीतिको धमिलो पानीमा माछा मारिरहेछन् ।

Nepal Telecom ad

म पनि शहर पसेको भए
ठुलै मान्छे बन्थें होला
बडा हाकिमको किचन भित्रै बस्ने
चल्तीफिर्तीको गतिलै भान्छे बन्थें होला ।

लुसुक्क लुसुक्क चोरबिरालो जस्तो
क्याबिनेटको कुनाकुना पसेर
गोप्य योजनाहरू सुन्थें होला
खुसुक्क पर्खालपारिको महाजनकहाँ बसेर
निकै साखिलो हुन्थें होला
अफिसको ढड्डामा अड्डा जमाउँथें होला
सरकारी पर्खालभित्रको नक्सा कोपरेर
माल कमाउँथें होला
म पनि शहर पसेको भए ।

सप्तरङ्गी झल्लरी मञ्चमा चढेर
बहुरुपी नाटक गर्थें होला
कहिले यता कहिले उता
पालैपालो सर्थें होला
कहिले अफिस कहिले निवास
सुँगीसुँगी हिन्थें होला
को भित्रको को बाहिरको
छानीछानी चिन्थें होला ।
म पनि शहर पसेको भए ।

ठुलै मान्छेको आड पाएर
सरकारी अफिस थर्काउँथें होला
गाउँले मान्छेको ढाड थपथपाएर
काम हुन्छ भन्दै फर्काउँथें होला
आफ्नालाई चाइना अमेरिका छिराउँथें होला
नक्कली जग्गा रचना गरेर
सरकारी मुहाब्जा तिराउँथें होला
ब्रिफकेस चिन्थें होला
खोला छिन्थें होला
आश्वासन दिन्थें होला
गाडी किन्थें होला
आफन्त
गाउँ
सबैतिर सन्किन्थें होला
म पनि शहर पसेको भए ।

यसरी शहर पस्नेहरूले
दरबारको वरिपरि बस्नेहरूले
बाक्लो खरानी घस्नेहरूले
राज्यको सम्पति डस्नेहरूले
बर्षौंदेखि
राजनीतिको धमिलो पानीमा माछा मारिरहेछन्
म पनि शहर पसेको भए ……… ?

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x