साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वयंलाई ठोसेर

कहाँ मर्न दिन्थें म मेरो छहारी जरामा सधैं बूँद हालिरहेछु !

Nepal Telecom ad

तिखारेर आँखा नियालिरहेछु
म यस्तो नयाँ काम थालिरहेछु !

तुषारो छ चर्को नभैहुन्न आगो
स्वयंलाई ठोसेर बालिरहेछु !

अहंकार कस्तो डुबे डुब्छ डुङ्गा
उनी प्वाल पार्छन् म टालिरहेछु !

बढार्नु परेको छ फोहोर थुप्रो
मुटुमा म आँधी सँगालिरहेछु !

नहार्ने कसैले सकेसम्म जित्ने
फरक रीति यौटा बसालिरहेछु !

उठे देश उठ्छु अरू के उठाऊँ
म ता भूइँमान्छे उचालिरहेछु !

कहाँ मर्न दिन्थें म मेरो छहारी
जरामा सधैं बूँद हालिरहेछु !

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x