साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो राम्रो अरु चाम्रो

सेवा भन्दै राजनीतिमा मोटो रकम लिने गाँस, बास, कपास छैन, छैन मनमा कालो सेतो मनमा कालो धनको नफिजाउनु जालो ।

Nepal Telecom ad

चोरलाई चौतारो दियौँ साधुलाई सुली
गन्धे काममा रमाउँछन् हाम्रा घर मुली
बेचिखाए भाँडा वर्तन भुँडी भोको हुँदा
अघाएपछि हाँस्ने गर्छन् अरु भोकै रुँदा ।

तिम्रै संसार रमाइलो छ मन लाग्दो गर
बिना स्वादको अरुलाई आफू खान्छौ तर
मेरो राम्रो अरु चाम्रो आफैँ कुबिचारी
आफ्नै घर फोर्छौ सधैँ बन्दै अत्याचारी ।

तारा झार्ने कुरा गर्छौ आफैँ व्यभिचारी
सत्ता शासन पुरा रासन खानका भकारी
हिजोका सडक छापे आज महलका मालिक
आफैँ मपार्इँ स्वघोषित बनाउँछन् शालिक ।

मनै कालो धनै कालो बोली व्यवहार कालो
राजनीतिमा हाम फाली फिंंजाउँछन जालो
भाग्यमानी बन्नु पर्छ कालो जाल बुन्दै
भित्र हल्ला जे जे होस् बाहिर गाली सुन्दै ।

कति राम्रो चलन देशमा जनता नाङ्गो हुने
सेवा भन्दै राजनीतिमा मोटो रकम लिने
गाँस, बास, कपास छैन, छैन मनमा कालो
सेतो मनमा कालो धनको नफिजाउनु जालो ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x