सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अभाव

चियामा चिनी नपुगेको कुरा, छोराको जुत्ता मैलिएको कुरा र छोरीको चुल्ठो बिग्रिएको कुरा । दिक्क लाग्छ । आफैँसित दिक्क लाग्छ । कति गर्नु- सधैँभरि चियामा रङ नपुगेकै कुरा ।

Nepal Telecom ad

हुन त मान्छेहरूकै भिडमा थिएँ । कुनै खाँचो पनि थिएन गफिन । हामी गन्थनका ठुल्ठुला पोकाहरू फुकाउँथ्यौँ आपस्तमा तर जति पोका खोसले पनि टालाटुली मात्र भेटिने विचारक थोत्रा पोका । आज महसुस गर्दै छु, हामी त अधिकांश समय चियागफमै गुजार्दा रहेछौँ । समय त बित्थ्यो सजिलैसँग तर उपलब्धि- हात लाग्यो शून्य ।

म सोचिरहेको थिएँ शून्यबाटै प्रादुर्भाव हुने हो जीवनको र शून्यमै लीन हो यो भौतिकी जीवन पनि । यिनै दुई महाशून्यको बीचमा टुसाएको एउटा झिल्को न हो, जीवको अस्तित्व । यी र यस्तै विचारहरू हुँडलिँदै थिएँ, मस्तिष्कमा । नजाने कता हराउन पुगेछु, म । हुन त कार्यकक्षको टेबुलमा जोतिएको हातले टेको दिएको थियो, चिउँडोमा । र, आकारमा थिग्रिएकै थियो यो देह तर मस्तिष्क चेतनाहीन, शून्य, महाशून्य !

अचानक एकजना मित्रले बेस्मारी झकझकाउनुभयो । अनि पो चाल पाएँ, तन्द्रामा रहेछु । न निद्रा न जागा । मित्रले नै ठोकुवा गर्नुभयो, कुनै गम्भीर अभाव खड्किएको छ तपाईंमा । भनेँ, छैन । पत्याउनुभएन । हुन पनि कताकता एक्लोपना महसुस त भएकै हो, केही दिनयता तैपनि लुकाउने जोडबल गरिरहेको थिएँ । थप्नुभयो, खुब मिल्नुहुन्थ्यो हगि अनि खुबै चल्थ्यो तपाईंहरूबीच विचारको विमर्श ।

लाग्थ्यो, समयलाई यिनै हातका पञ्जाले निमोठ्न सक्छु, चिरिप्प तर समय मानिसभन्दा बलवान् हुँदोरहेछ । यही समयले जुटाइदिएको थियो हामीलाई र यही समयले छुटाइदिएको छ, आज । किनकि, यसै वर्ष २ जना मित्रले अवकाश लिनुभयो । कारण विविध परिणाम उही । भोग्दै छु, मित्रको सानिध्यवियोग । योग र वियोग दर्शनशास्त्रको विषय होला अनि होला तर्कपूणर् तथ्यांकशास्त्रको । परिणाम त फेरि पनि शून्य नै । हो, यही अभावले थपिदिएको छ अर्को शून्य ।

जम्माजम्मी दुईतीनजना मित्रहरू जससित धोको फेरेर बुद्धिविलासमा रमाउन सक्थेँ म पनि । एकजना हुनुहुन्थ्यो इतिहास र दर्शनका विज्ञाता, मुक्तियुद्धका योद्धा । बिस्तारै क्रान्तिकारिता रुपान्तरित भएर समन्यायिक धर्मको वीजाधान भएको थियो, उहाँमा । खुब मज्जा हुन्थ्यो, उहाँको विगत कोट्याएर वर्तमान चिहाउन । अर्को हुनुहुन्थ्यो सानोतिनो इनसाइक्लोपेडिया ब्रिटानिका, प्रश्न तेर्सियो कि बगिहाल्ने तर्कका धारा । हेर्दा केही चाम्रो जस्तो छाम्दा कोमल र सहृदयी । गज्जबको पात्रता थियो, दुवैमा । यिनै पात्रसहित भएर कयौँपटक विमर्शमा जुटेको हुँ, म पनि । र, साथ दिनुहुन्थ्यो, एकाध अन्य मित्रहरू पनि । र, त हाम्रा गफ चियागफभन्दा थोरै माथि उठ्न सक्थे ।

आजभोलि मलाई मेरै चियागफदेखि वाक्क लाग्न थालेको छ । कति गर्नु- चियामा चिनी नपुगेको कुरा, छोराको जुत्ता मैलिएको कुरा र छोरीको चुल्ठो बिग्रिएको कुरा । दिक्क लाग्छ । आफैँसित दिक्क लाग्छ । कति गर्नु- सधैँभरि चियामा रङ नपुगेकै कुरा ।

आज मलाई बोध भएको छ, पोखरीभित्रको भ्यागुतो पो भइएछ र पोखरीभन्दा बाहिर पनि अर्को सुन्दर संसार रहेछ ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
नेताजी

नेताजी

भावकेशर बराल
बुख्याचाहरू

बुख्याचाहरू

भावकेशर बराल
असार पन्ध्र

असार पन्ध्र

भावकेशर बराल
टेको

टेको

भावकेशर बराल
चुनावपछि

चुनावपछि

भावकेशर बराल