साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृषि पुराण

निल्दैछ वनमाराले गाउँ वस्ती पहाडमा बङ्गला घर फल्दैछन् धान सट्टा मधेशमा ढिँडोको बदला थुक्पा तर्कारी चाउचाउको तथापि भन्न छोडदैनौं कृषि प्रधान देश हो ।

Nepal Telecom ad

नमागी न चुलो तात्छ न त ढाकिन्छ यो तन
छोड्दैनौं तर तित्रोझैं थुतुनो यो बजाउन
बिना आयात चल्दैन ढुक्ढुकी जुन देशको
पचाई लाज भन्दैछौं कृषि प्रधान देश हो

बाँझै छन् खोरिया पाखा बारी र खेतका गरा
परन्तु हाँक्न छोड्दैनौं गफ ती स्वाभिमानका
मगन्तेले गरे जस्तो आत्मसम्मानको कुरो
थेगो छ मुखमा हाम्रो कृषि प्रधान देश हो

निल्दैछ वनमाराले गाउँ वस्ती पहाडमा
बङ्गला घर फल्दैछन् धान सट्टा मधेशमा
ढिँडोको बदला थुक्पा तर्कारी चाउचाउको
तथापि भन्न छोडदैनौं कृषि प्रधान देश हो

रक्सी चुरोट पाइन्छ पाइन्न खाद या मल
अनुदान सबै लान्छन् नक्कली चतुरा ठग
घिरौंला नमिठो लाग्छ सोया मिठो बजारको
तथापि जप्न बिर्सन्नौं कृषि प्रधान देश हो

युवा र युवती खाडी धनि सहर पस्दछन्
गाउँमा वृद्ध बाआमा काल पर्खेर बस्दछन्
भाटिए बाँध पैनी र भाटियो खेतको कुलो
किन्तु भाषणमा भन्छौं कृषि पधान देश हो ।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x