साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुम्राहरू

नयाँ जुम्राको अवतारमा फेरिएको हुन्छ यो जुम्राचक्र ताजुबलाग्दो छ हेर्नलाई यी पुस्ताका पुस्ता नयाँनयाँ शैलीमा ।

Nepal Telecom ad

जुम्राहरूले दुःख दिइरहन्छन्
के गर्नु वातावरण नै विकृत छ
त्यो शुद्धता कहाँ पाऊँ अहिले
भोका राँगाहरू चर्न निस्केपछि
डँडेल्नाभरि जुम्राहरू टल्किन्छन्
तिनै फेरि मान्छेमा सल्की गाउँभर
लमकलमक लम्केकै हुन्छन् नि
तिनीहरूलाई तालिम दिइन्छ र
सकेसम्म गहिरोसँग चुस्ने चाल
प्रशिक्षण कार्यक्रममा सिकाइन्छ
यसरी प्रशिक्षित जुम्राहरू सर्वत्र छन्
चुसाइको कसैले आबाज निकाल्दैन
न चुसिने नै कुनै विरोधमा उत्रेको छ
ऊ पनि केही समय बित्न नपाई फेरि
नयाँ जुम्राको अवतारमा फेरिएको हुन्छ
यो जुम्राचक्र ताजुबलाग्दो छ हेर्नलाई
यी पुस्ताका पुस्ता नयाँनयाँ शैलीमा
नयाँनयाँ तन्त्रका भेषमा गाउँसहरलाई
कब्जा गरेर अभीष्ट साध्न माहिर छन्

हे जुम्रावतार प्रभु ! लीला तिम्रो अपार !!

२०७९/३/२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x