साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्कृति मन्त्रालयबाट ४३ जना स्रष्टा पुरस्कृत

प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टालाई नगद पुरस्कार सहित सम्मान गर्नुभयो ।

Nepal Telecom ad

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टालाई नगद पुरस्कार सहित सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य विधा देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताउनुहुँदै स्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभयो । उहाँले सम्मानबाट स्रष्टामा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मन्त्री श्रेष्ठले भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। भाषा, साहित्य, संस्कृतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मुर्धन्य स्रष्टाहरुको मन्त्रालयले सम्मान गरेको श्रेष्ठले बताउनुभयो । मुलुकको प्रतिष्ठा उच्च बनाउन स्रष्टाबाट थप योगदान हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो ।

राष्ट्रिय प्रतिभा पुरस्कार अन्तर्गत साहित्य, संगीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरूमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुङ्गेल, हेम पौडेल हुनुहुन्छ ।

प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरुमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालाकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशी, लालबहादुर भुजेल लगायत हुनुहुन्छ । महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौतलाई सम्मानित गरिएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x