साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए फित्काैली दाइ ! मलाई पनि भ्रष्टाचारी भन्देऊ न !

हो नि दाजु ! कमसेकम भ्रष्टाचारी भए सबैले चिन्ने थिए दुनियाँ मेरै इसारामा हिन्ने थिए कथमकदाचित जेलै परे पनि सानसाथ बस्ने थिएँ ।

Nepal Telecom ad

ए !! फित्कौली दाइ !
मलाई पनि भ्रष्टाचारी भन्देऊ न !

दाइ !
मलाई पनि भ्रष्टाचारी भन्देऊ न
दुईचार ठूलाबडामा गन्देऊ न ।

आजभोलि कोहि मेरो नाम
चियादोकानमा पनि लिंदैन
समाचारका पृष्टहरूमा पनि
कसैले भाउ दिंदैन
शिखर साँझ रिसोर्टको त कुरै छोडौं
मलाई
सेकुवा कर्नरमा पनि कोहि बोलाउँदैन
पुराण पार्टी र मञ्चहरूमा
अतिथिको बिल्ला पनि लाउँदैन
दाइ ! मलाई पनि दामदार कर्मचारी भन्देऊ न
दुईचार ठूलाबडामा गन्देऊ न ।

नीजि कम्पनीका मालिकले
मलाई नमस्कारमा टेर्दैन
चन्दा दिन नसक्ने लाछीलाई
कोही पार्टीका लिडरले पनि हेर्दैन
थाई सिङ्गापुरको कुरै बेग्लै
तिरुपति जाने कि भनेर कोहि सोध्दैन
विवाह पिक्निक र रात्रीभोजमा
अलिकति खाने कि
भनेर पनि कोहि खोज्दैन
दाइ ! मलाई पनि कालोबजारी भन्देऊ न
दुईचार ठूलाबडामा गन्देऊ न ।

कहिले कतै सालबारीमा
कहिले कतै मालबारीमा
कुरा मिलाउँन कतै कोहि बोलाउँदैन
मेरो निम्ति छद्मभेषी भाकामा
अनसनको धूलो छरेर सोझा आँखामा
नक्कली आदर्शको गीत गाउँदैन
दाइ ! मलाई पनि कामचोर अधिकारी भन्देऊ न
दुईचार ठूलाबडामा गन्देऊ न ।

हो नि दाजु !
कमसेकम भ्रष्टाचारी भए
सबैले चिन्ने थिए
दुनियाँ मेरै इसारामा हिन्ने थिए
कथमकदाचित जेलै परे पनि
सानसाथ बस्ने थिएँ
सम्मान साथ (खादा माला र जुलुस सहित !?) निस्कने थिएँ
पृय दाजु
जनि गरेर मलाई पनि भ्रष्टाचारी भन्देऊ न
दुईचार ठूला मान्छेमा गन्देऊ न ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x