साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हर्क मुर्दावाद भन्नुपर्छ

तर के गर्नु हर्कलाई ढुङ्गा नहाने, यसले धरान स्वर्ग बनाउने भो, नगरको बजेटमा चलखेल गरेर बाँच्ने, हामी झोलेको जीवन नर्क हुनेभो । त्यसकारण मनमा बलेको आहारिसको आगो निभाउन, हामी नगरको बोर्ड च्यात्छौँ, भित्तो भत्काउँछौँ ।

Nepal Telecom ad

जनताको माया र विश्वास उसले पायो,
चुनाव जितेर स्याबास उसले पायो ।
जितेको भोलिपल्टदेखि,
खोला खोल्सी र वनपाखामा छ,
मतदातालाई पानी खुवाएर
जनताको आँखामा छ ।
ठेक्का र दलाली मासेर हातमा ठेला उठाउँदै,
कुर्सीमा होइन, हज्जारौं जनताको काखमा छ ।
औपचारिकताको खोल नओडीकन,
सधैं जनमन र लोकभाकामा छ ।
उसले बालुवा बेचेर खान दिएन,
अनाहक बजेट लान दिएन ।
यस्तो गरेपछि हर्क मुर्दावाद नभनेर के गर्ने त ?

उससँग दलको सदस्यता छैन,
ऊ कसैलाई लेबी तिर्दैन ।
जनताको करको पैसाले,
किनेको मोटर चढ्दिन भन्छ ।
जनताको म्यान्डेट वाहिर
एककदम अघि बढ्दिन भन्छ ।
एउटा महङ्गो टोपी र
एउटा कोट किनेको छैन अहिलेसम्म,
नगर छोडेर अन्यत्र भ्रमणमा
हिनेको छैन अहिलेसम्म ।
आसेपासे भर्ना गर्ने सुरसार गर्दैन,
योग्य मान्छेलाई काममा लगाउँछ ।
आफ्नी बुढीलाई भान्से राखेन,
आफ्नो सालोलाई पिए राखेन ।
यसो मिलाएर खाउँ भन्यो मान्दै मान्दैन,
साँझमा चियर्स गर्न जान्दै जान्दैन ।
हर्क कुनै मुखियाको छोरो होइन,
आइजी र सेनापतिको छोरो होइन ।
बिदेशमा बन्दुक बोकेर पेन्सन भएको
गाईप्राणी भुपू लाहुरेको छोरो,
यस्ता भूइँमान्छेलाई मुर्दावाद नभने
के सामन्तलाई मुर्दावाद भन्नु त गणतन्त्रमा ?

बेसुरमा डुल्नेलाई गिटी कुट्न सिकायो,
नसामा भु्ल्नेलाई रुख रोप्न सिकायो ।
धरानदेखि भेडेटारसम्म
काँक्राफर्र्सी रोप्छु भन्छ ।
फोहोलाई मोहोर बनाएर
सिङ्गो नगरलाई फलफूलले छोप्छु भन्छ ।
फुस्रेलाई रसिलो बनाउन थालिसक्यो,
सधै रुने सर्दूलाई हँसिलो बनाउन थालिसक्यो ।
उद्योग चलाउने रे, रोजगारी बढाउने रे ।
जनताको समस्या सुनेर भावुक हुन्छ,
अन्याय देखेर धुरुधुरु रुन्छ ।
संसारमा उसको पहिचान फैलियो,
धरान नगरको स्वाभिमान अग्लियो ।
जनताले सुख पाउने भो,
दलालले दुस्ख पाउने भो ।
यस्तो डढेलो खप्न कहाँ सकिन्छ गाँठे
हामी हिङ नभए नि हिङ बाँधेका पार्टीहरू पो ।
मुर्दावाद भनेर कुर्र्सीबाट तान्नुपर्छ,
ढुङ्गा, मुडा र हतियारले हान्नुपर्छ ।
नत्र धरानेले पानी खान पाउँछन्,
हाम्रो भोट माग्ने नारा सदाको लागि सकिन्छ ।

सहकारी त हामीले खोलेको,
हामीले चलाएको,
नाफा र ब्याज आउन्जेल खाने पनि हामी,
बढी ब्याज दरमा लगाउने पनि हामी,
डुबेपछि उपकोमा जानपर्छ भन्ने थाहा भइभइ
प्रमुखकामा आउने पनि हामी ।
यसमा उसको दोष छैन भन्ने त
हामी मुर्दावाद भन्नेलाई थाह छ,
यसमा हर्कले गर्ने कुरा पनि खास छैन भन्ने
यो पनि हामीलाई थाहा छ ।
तर के गर्नु हर्कलाई ढुङ्गा नहाने,
यसले धरान स्वर्ग बनाउने भो,
नगरको बजेटमा चलखेल गरेर बाँच्ने,
हामी झोलेको जीवन नर्क हुनेभो ।
त्यसकारण
मनमा बलेको आहारिसको आगो निभाउन,
हामी नगरको बोर्ड च्यात्छौँ, भित्तो भत्काउँछौँ
र जोडले भन्छौ– हर्क साम्पाङ– मुर्दावाद ।
किनकि हामी समृद्ध नेपालको पक्षधर हौँ ।

१८ साउन, २०७९
खाँदबारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x