साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झिँगाले छुँदा

जिन्दगी लामो छ, झिँगा, पुतली जस्तै क्या सुन्दर पनि भोग्न सकिन्छ, आखिर मनको कुरा न हो आखिर देख्ने कुरा न हो आखिर झिँगा हैन, आफूले आफूलाई हेर्ने कुरा न हो ।

Nepal Telecom ad

आज धेरै धेरै बर्षपछि
झिंगाले छुँदा….
मेरो आँगनमा एउटा झिँगा देखें,
ऊ उड्दै आएर मेरो हातमा बस्यो,
मैले एकदम निहालेर हेरेँ-
यस्तो लाग्यो कि यो,
यो पुतलीभन्दा कम राम्रो रहेनछ ।

त्यो खुशीले उफ्रियो,
पुतली जस्तै प्वाँखहरू प़mट्प़mटायो
मैले खुशीले गदगद हुँदै हेरिरहेँ,
मैले खुशीले गदगद हुँदै सुनिरहेँ
उसकै पखेटाका सुरिला आवाजहरू !

म सानु हुँदाको सम्झना आयो,
लस्कर बनेर
झिँगा देख्ने बित्तिकै,
सुन्ने बितिक्कै
हामी पछि लाग्थ्यौँ
यसले कति के बिगार्ने हो अब भनेर ।

जिन्दगी लामो छ,
झिँगा, पुतली जस्तै
क्या सुन्दर पनि भोग्न सकिन्छ,
आखिर मनको कुरा न हो
आखिर देख्ने कुरा न हो
आखिर झिँगा हैन,
आफूले आफूलाई हेर्ने कुरा न हो ।

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x