साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले ?

लोभ नगरीकन समाजलाई बलात्कारको उपहार दिन्छ कसले ?! देश समृद्ध बनाउन अब अपहरणको जिम्मा लिन्छ कसले ?! यी सानातिना काम अब- बिचल्लीमा पर्ने भए !

Nepal Telecom ad

अब बगली मार्छ कसले ?!
मीटर-ब्याजको बल्छीमा पार्छ कसले ?!
छोरी-बुहारी सीमानापारि तार्छ कसले ?!
सार्वजनिक जग्गालाई सरूवा गरेर
निजी लालपुर्जामा सार्छ कसले ?!

अब-
भ्रष्टाचारको दियो बाल्छ कसले ?!
कात्रोमा खल्ती हाल्छ कसले ?!
सिटामोलमा कमिशन खान्छ कसले ?!
टोलमा छुरा हान्छ कसले ?!

लोभ नगरीकन समाजलाई
बलात्कारको उपहार दिन्छ कसले ?!
देश समृद्ध बनाउन अब
अपहरणको जिम्मा लिन्छ कसले ?!

यी सानातिना काम अब-
बिचल्लीमा पर्ने भए !
कसैले नगर्ने भए !
ठूलाठूला काम गर्न जब-
यी खेतालाहरू सबै
संसद भवनमा बसाईं सर्ने भए !!

०००
मेलबर्न, अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x