साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि आउनु भो

नयाँ जोगीले फेरि हेर्नुहोला देशै भरि रेल कुदाउनेछ जँडिया भए जाँडको घ्याम्पो पाउने छ घाम दसैदिशाबाट उदाउनेछ ठाउँ ठाउँमा रुख बिरुवा पलाउनेछ नेपालको पनि दिन फिर्र आउनेछ ।

Nepal Telecom ad

अहिले बालुवाटार खुला छ
आनन्दले सयर गर्नेहरूलाई
त्यहाँ सुनको झुला छ
झुलामा पिङ खेलिरहेको बुलाहा छ
जसको
नन्दिको भन्दा पनि सप्रिएको मूला छ
कम विकास गरेको हो र
सिधासाधासँग डरेको हो र
आफ्नाहरूबाट पर सरेको हो र
साथी उस्तै गतिलो पाउनु भएको छ
जसले
केही सय युवाहरूलाई
खाडीतिर खटाइदिहाल्नुभो
कमिसनको खेती ठटाइहाल्नुभो
अनि तिनलाई उता पठादिहाल्नुभो
यस्तो नेता देशभरि आएको छ
टोलटोलमा नेतो पलाएको छ
रातबिरात घरघर धाएको छ
पाँचवर्ष पछि फेरि
टुप्लुक्क उदाएको छ ।

ऊ मात्र आएको हो र
यता इलाममा पनि
सम्मानित आइहाल्नु भो
मानभाउ पाइहाल्नुभो
टुरिस्ट भिसा
सट्टापट्टा गरी
गोरखामै पनि आइहाल्नुभो
मानमनितो खादा र माला समेत पाइहाल्नुभो
तारा खसाउने कसम खाइहाल्नुभो
उ बेलाका जनवर्गीय गीतका गेडा
भुल्नुभा रैनछ
त्यो पनि गाइहाल्नुभो
अब इलाम र दमक मात्र हैन
डढेल्धुरा पनि खुसी छ
झुसी झुसी छ
पाँच वर्ष पहिले पनि आउनु भएकै हो
यसै गरी गीत गाउनु भाकै हो
नारा लाउनु भाकै हो
यस पालि पनि आइहाल्नुभो ।

मेहमान न हो
मानमनितो पाइहाल्नुभो
हाम्रो मनमा खुसी निम्ठो भा छ
निम्ठो मात्र हैन
अझ झुसी छ
बारी बाँझै रहे पनि
युवाहरू खाडीतिर गए पनि
हामीलाई अब डर छैन
दिदी र बाबैहरू भन्दा
यी केटौलेहरूको भर छैन
केटाहरूलाई मलेसिया
पठाउने मन हुनेले
दिदीलाई बालुवा टार पठाउनु छ
गाउँभरि पलाएको नेताझार हटाउनु छ
गाउँ नै ढाक्ने गरी
टोलै छोप्ने गरी
बनमारा भन्दा पनि बढी
एक भन्दा अर्को चल्मलाएको छ
होस गरौँ त्यस्तालाई पठाउने हैन
भोटको अमृत चटाउने हैन
हुन त हो सबैतिर आएकै छ
हाम्रैमा पनि नेता पलाएकै छ
नयाँ जोगीले फेरि हेर्नुहोला
देशै भरि रेल कुदाउनेछ
जँडिया भए जाँडको घ्याम्पो पाउने छ
घाम दसैदिशाबाट उदाउनेछ
ठाउँ ठाउँमा रुख बिरुवा पलाउनेछ
नेपालको पनि दिन फिर्र आउनेछ ।

भो अब नलेखौँ
सु गर्न जानु पर्‍यो
सुगरले पनि कवितालाई गर्नु गर्‍यो ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x