सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेरि आउनु भो

नयाँ जोगीले फेरि हेर्नुहोला देशै भरि रेल कुदाउनेछ जँडिया भए जाँडको घ्याम्पो पाउने छ घाम दसैदिशाबाट उदाउनेछ ठाउँ ठाउँमा रुख बिरुवा पलाउनेछ नेपालको पनि दिन फिर्र आउनेछ ।

Nepal Telecom ad

अहिले बालुवाटार खुला छ
आनन्दले सयर गर्नेहरूलाई
त्यहाँ सुनको झुला छ
झुलामा पिङ खेलिरहेको बुलाहा छ
जसको
नन्दिको भन्दा पनि सप्रिएको मूला छ
कम विकास गरेको हो र
सिधासाधासँग डरेको हो र
आफ्नाहरूबाट पर सरेको हो र
साथी उस्तै गतिलो पाउनु भएको छ
जसले
केही सय युवाहरूलाई
खाडीतिर खटाइदिहाल्नुभो
कमिसनको खेती ठटाइहाल्नुभो
अनि तिनलाई उता पठादिहाल्नुभो
यस्तो नेता देशभरि आएको छ
टोलटोलमा नेतो पलाएको छ
रातबिरात घरघर धाएको छ
पाँचवर्ष पछि फेरि
टुप्लुक्क उदाएको छ ।

ऊ मात्र आएको हो र
यता इलाममा पनि
सम्मानित आइहाल्नु भो
मानभाउ पाइहाल्नुभो
टुरिस्ट भिसा
सट्टापट्टा गरी
गोरखामै पनि आइहाल्नुभो
मानमनितो खादा र माला समेत पाइहाल्नुभो
तारा खसाउने कसम खाइहाल्नुभो
उ बेलाका जनवर्गीय गीतका गेडा
भुल्नुभा रैनछ
त्यो पनि गाइहाल्नुभो
अब इलाम र दमक मात्र हैन
डढेल्धुरा पनि खुसी छ
झुसी झुसी छ
पाँच वर्ष पहिले पनि आउनु भएकै हो
यसै गरी गीत गाउनु भाकै हो
नारा लाउनु भाकै हो
यस पालि पनि आइहाल्नुभो ।

मेहमान न हो
मानमनितो पाइहाल्नुभो
हाम्रो मनमा खुसी निम्ठो भा छ
निम्ठो मात्र हैन
अझ झुसी छ
बारी बाँझै रहे पनि
युवाहरू खाडीतिर गए पनि
हामीलाई अब डर छैन
दिदी र बाबैहरू भन्दा
यी केटौलेहरूको भर छैन
केटाहरूलाई मलेसिया
पठाउने मन हुनेले
दिदीलाई बालुवा टार पठाउनु छ
गाउँभरि पलाएको नेताझार हटाउनु छ
गाउँ नै ढाक्ने गरी
टोलै छोप्ने गरी
बनमारा भन्दा पनि बढी
एक भन्दा अर्को चल्मलाएको छ
होस गरौँ त्यस्तालाई पठाउने हैन
भोटको अमृत चटाउने हैन
हुन त हो सबैतिर आएकै छ
हाम्रैमा पनि नेता पलाएकै छ
नयाँ जोगीले फेरि हेर्नुहोला
देशै भरि रेल कुदाउनेछ
जँडिया भए जाँडको घ्याम्पो पाउने छ
घाम दसैदिशाबाट उदाउनेछ
ठाउँ ठाउँमा रुख बिरुवा पलाउनेछ
नेपालको पनि दिन फिर्र आउनेछ ।

भो अब नलेखौँ
सु गर्न जानु पर्‍यो
सुगरले पनि कवितालाई गर्नु गर्‍यो ।

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली