साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी उम्मेदवार

गुनासाका चाङ बढे बिपन्नको माझ तिनका कुरा सुनिएन पचाउँदै लाज अहिले तिनै नेता आ’छन् मत माग्दै घर अब अर्को आश्वासन के दिने हुन् तर ?

Nepal Telecom ad

देशको मुहार फेर्छुु भन्ने धेरै नेता भए
ठुला कुरा गरिगरी सत्ता टेक्दै गए

इतिहास लेख्छु भने भविष्यको नाममा
तर लक्षण देखिएन रचनात्मक काममा

जथाभावी गर्न थाले पद ओगट्या आड्मा
बाह्य ऋणको भार थपे जनताको ढाडमा

बिते वर्ष निरन्तर आश्वासन नै छरी
कथा फेरे अनेकन देशमा घरिघरि

सोझासाझा अल्मल्याए बृहद सपनामा
उपलव्धी कमजोर रह्यो तर बिपनामा

गुनासाका चाङ बढे बिपन्नको माझ
तिनका कुरा सुनिएन पचाउँदै लाज

अहिले तिनै नेता आ’छन् मत माग्दै घर
अब अर्को आश्वासन के दिने हुन् तर ?

तिनीसँग बिगतकोे जवाफ माग्न आँटौं
अनि मात्र आफ्नो मत विवेकपूर्ण साटौं

जानिजानी नदोहर्‍याउँ पहिलेकै भुल
छानौं आउँदो उम्मेद्वार काम अनुकुल ।।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x