सुलसुलेरमेश विकलको ९४ औं जन्मजयन्तीमा विशेष कार्यक्रम
यशस्वी आख्यानकार रमेश विकलको ९४ औं जन्मजयन्तीका अवसरमा आज रमेश विकल साहित्य प्रतिष्ठान, स्मृति सङ्ग्रहालय आरूबारीमा विशेष कार्यक्रम सम्पन्न भयो ।

काठमाडौ, कार्तिक ९ गते । यशस्वी आख्यानकार रमेश विकलको ९४ औं जन्मजयन्तीका अवसरमा आज रमेश विकल साहित्य प्रतिष्ठान, स्मृति सङ्ग्रहालय आरूबारीमा विशेष कार्यक्रम सम्पन्न भयो ।
संस्थाका अध्यक्ष रोचक घिमिरेको अध्यक्षता तथाउउ गकणर्ेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विकल चोकस्थित अर्भकद तथा प्रतिष्ठानस्थित विकलको पूणर्कद सालिकमा माल्यार्पणर् पश्चात विद्यालय स्तरीय स्थलगत कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यी पुरस्कारमध्ये पहिलो रमेश विकल-अभिनव बाल कवपता पुरस्कारको स्थापना अभिनव साहित्य प्रतिष्ठा र दोस्रो रमेश विकल-अरुणिमा चित्रकला पुरस्कार नव अरुणिमा माद्यामिक विद्यालयद्वारा स्थापना गरिका हुन् ।
ख्यातिप्राप्त आख्यानकार रमेश विकलको नाममा स्थापित कविता विधातर्फको बाल-साहित्य पुरस्कार प्रतियगितामा
ग्रीन तारा माविका भेषराज सापकोटा, पल्र्स मा.वि.का सङ्गीता लामा र मनकामना मा.वि.का अभिषेक सापकोटा क्रमशः प्रथम, द्वितीय र तृतीय तथा टाइमलाइन स्कुलका आयुष्मा राई र इष्टपोल मावि.का प्रियंसा कार्कीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
यसरी नै कलाकार रमेश विकलको सम्मानमा स्थापित विकल-अरुणिमा बालचित्र पुरस्कार ११ विद्यालयका ३३ जना विद्यार्थीहरूमध्ये नव अरुणिमा मावि आरुबारीका छात्रा दिव्यांश रिसाल प्रथम, अरुणिमा मावि बौद्धका छात्रा सिरीकन्या राई द्वितीय, विद्यासागर माविका छात्रा विनिता तामाङ तृतीय र नवअरूणिमा मावि तथा पाँचपोखरी माविका छात्रद्वय सभ्यता थापा र कुसाङ शेर्पाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए
समारोहमा सभापति, प्रमुख अतिथि लगायत कुलपति केके कर्माचार्य, प्राज्ञ सदस्य डां हेमनाथ पौडेल, अरुणिमा विद्यालयका मार्कारी प्रमुख इश्वरीप्रसाद लामिछाने, नवअरूणिमा माविका अभध्यक्ष गोपाल बराल र प्रचार्य अर्जुन दङ्गाल, प्रतिष्ठाका महासचिव तथा सचिव विजय चालिसे र वसन्त रिजालले विकलका हुआयामिक व्यक्तित्वका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest










































