साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नो नट अगेन !

खोसे हुन्छ कमाइ आज यिनको चोरेर खानेहरू नेपाली जनता चिन्निन्छ दनुजा आफन्त लानेहरू कालो कर्म अधर्म धेर सुनियो नेपाल रोयो अरे बोले झूट बढी पढी गडबडी सन्ताप होला भरे !

Nepal Telecom ad

नो नो नो नट रे अगेन नट रे पाइन्न मौका गयो
भो भो भो सकियो कुकर्म चुलियो तिर्की र चौका गयो
जा जा जा पर जा विकार घर जा, लीला सबै हेरियो
मानी दिक्क हुलुक्क आज हुन गो धोती नयाँ फेरियो

गालीको भरमा बसी शहरमा नौनी घिची रातमा
आफैं हौ अभिशाप पाप करनी नामी भयौ घातमा
छोरी पुत्र कुपुत्र तान्छ जसले सत्ता उही पासमा
सासूको भरिया बनेर करिया खाने मिठो आशमा

आयो मार्ग विचार चार कविजी बिक्ला हरे नोटमा
छाने हुन्छ नयाँ इमान भरको आए सखा भोटमा
धेरै नै कुहियो सखाप चुहियो छानो कठै मासियो
थोत्रा वर्तन यी लगी बगरमा भन्नू हरे भासियो !

खोसे हुन्छ कमाइ आज यिनको चोरेर खानेहरू
नेपाली जनता चिन्निन्छ दनुजा आफन्त लानेहरू
कालो कर्म अधर्म धेर सुनियो नेपाल रोयो अरे
बोले झूट बढी पढी गडबडी सन्ताप होला भरे !

बाटोमा चुहियो बजेट गुरुजी ठेक्का लिने मात्तिने!
सोझा आम तमाम आज विरही एकान्तमा आत्तिने !
लेखेको उहिले अनन्त खुइले सुन्दैन बैरो हरे !
चिच्याए जनता पुगी सडकमा सोझाहरू नै मरे !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x