साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कन्तबिजोक

हाम्रा नेताहरू अर्काको कन्तबिजोक हुनेभयो भनेर सार्वजनिक ठाउँमा भाषणमा चिन्ता व्यक्त गर्न थाले । सायद कन्तबिजोकबाट बचाउने चिन्तन गरेका छन् कि जस्तो पनि लाग्यो ।

Nepal Telecom ad

नरहरि बा पहिले पहिले राजनीतिका पछि लाग्नुहुँदैन है भन्ने गर्थे । स्कुल गएका छोराछोरी पनि राजनीतिमा लाग्लान् कि भनेर डराउँथे । उनी सधैँ यो राजनीतिको फोहोरी खेलमा नमुछिनु है भनेर सचेत पनि गराउँथे । यस वर्ष उनको रबैया त्यस्तो छैन । उनी भिन्न रुपले सोच्न र बोल्न थालेका छन् । बाले हिजोआज पाठपूजाका स्तोत्र समेत बदलेका छन् ।

पहिले पहिले रामनाम जप्न र भगवानको आराधना गर्नमा बिहान बेलुका बिताउँथे । राजनीतिको कुरा आउने बित्तिकै नेताहरूले फलानाको नामो निसान मेटाउँछु भनेको सम्झन्थे । अमुकको पत्ता साफ गराउँछु भनेको सुनेर पिरोलिन्थे । ढिस्कानोलाई धुलो चटाउँछु भनेको सुन्दा रिसले मुर्मुरिन्थे । उनका छोराछोरी सानै थिए । असल आनीबानीका कसरी बनाउने भनेर चिन्ता पनि थियो । त्यसैले छोराछोरीसँग— यिनीहरूले यस्तै सिकेका छन्, आफ्नो औकात देखाउँछन् । तिमीहामीले यिनका पछि लाग्नुहुँदैन । त्यस्तो सिक्नुहुँदैन भन्ने गर्थे ।

अब बल्ल राजनीतिमा सुधार भएछ भन्ने उनलाई लागेको छ । हिजोआज छोराछोरीले नेताको भाषण सुनेको थाहा पाउँदा केही भन्न छोडे । हाम्रा नेताहरूले भावी पुस्तालाई सही बाटो देखाउने भएछन् भन्ने लाग्यो । परिपक्व जनता नेताको कुरा मान्छन् । छोराछोरी बाआमाको कुरा विश्वास गर्छन् । नेताले बाआमालाई सिकाउने र बाआमाले छोराछोरीलाई सिकाउने हुँदा पत्ता साफ गर्ने, नामो निसान मेटाउने र धुलो चटाउने काम पक्कै राम्रो होइन । आउँदो पुस्ताले त्यही सिक्छ । यसो भएपछि देश समाज र मानिसको चरित्र नै बिग्रिन्छ भन्ने उनको ठम्याइ थियो ।

यसपटक नेताका भाषणमा उनले फलानाको कन्तबिजोक हुन्छ भन्ने सुनेछन् । सकारात्मक सोच र उपयोगी विचारमा भरोसा राख्ने नरहरिलाई यस कुराले साह्रै खुसी लाग्यो ।

हाम्रा नेताहरू अर्काको कन्तबिजोक हुनेभयो भनेर सार्वजनिक ठाउँमा भाषणमा चिन्ता व्यक्त गर्न थाले । सायद कन्तबिजोकबाट बचाउने चिन्तन गरेका छन् कि जस्तो पनि लाग्यो । किनभने सुध्रिएका नेताले सँगैका साथीलाई कन्तबिजोग हुनबाट बचाउँदा नै देशको अवस्था सुध्रिन्छ भन्ने जान्दछन् होला । अब चाहिँ राजनीति गर्नैपर्छ भन्ने उनको ठम्याइ रहेको छ । उनले बिहानबेलुका राजनीतिको स्तुति गाउन थालेको पनि निकै दिन भयो ।

०००
कपन, काठमाण्डौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x