साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इच्छापत्र

बस् ! बाँकी रहने छन् मेरो ईर्ष्या मेरो लालच मेरो क्रोध मेरो झुट मेरो स्वार्थ तिनलाई मसँगै जलाइदिनू !!

Nepal Telecom ad

अनुवाद :: अभय श्रेष्ठ

म आफ्नो पूर्ण होसमा
लेखिरहेकी छु इच्छापत्र ।

म मरेपछि
खोतल्नू मेरो कोठा
पल्टाउनू हरेक चिज
ताल्चाबिना घरभरि
छरिएका छन् मेरा सामान !

दिनू मेरा सबै सपना,
ती स्त्रीजनलाई
जो चुलोचौकादेखि ओछ्यानसम्म
खुम्चिएका छन्
हराएका छन् आफ्नै दुनियाँमा तिनीहरू
जसले वर्षैंअघि भुलिकेका छन् सपना देख्न !

बाँडिदिनू मेरो हाँसो,
वृद्धाश्रमका ती बुढाहरूलाई
जसका बच्चाहरू बेपत्ता छन्
अमेरिकाकाका झिलिमिली सहरमा ।

टेबलमाथि हेर्नू,
केही रङ्गहरू होलान्
रङ्गाइदिनु तिनले विधवाको फरिया
जसको पतिको रगतले रङ्गिएको छ सिमाना
झन्डामा बेरिएर जो ढलेको छ हिजो राति ।

मेरो आँसु दिनू
ती सारा शायरहरूलाई
मेरो कसम !
जसको हरेक थोपाबाट
पैदा हुनेछ गजल !
मेरो सम्मान, मेरो पवित्र अस्मिता
त्यो वेश्याको नाममा गरिदिनू
जो बेच्छे आफ्नो शरीर
छोरी पढाउनलाई !

यो देशका एक एक युवालाई
कठालो पक्रेर
लगाइदिनू इन्जेक्सन
मेरो आक्रोशको
जसको जरुरत पर्नेछ,
क्रान्तिका दिनमा तिनीहरूलाई !

मेरो पागलपन
पर्नेछ सुफीहरूको भागमा
जो निस्किएका छन्
सबै छाडी ईश्वरको खोजीमा !

बस् !
बाँकी रहने छन्
मेरो ईर्ष्या
मेरो लालच
मेरो क्रोध
मेरो झुट
मेरो स्वार्थ
तिनलाई मसँगै जलाइदिनू !!

०००
हिन्दीबाट ‘वसियत’ शीर्षक कविताको अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x