साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमेरिकाको डेविस शहरमा लक्ष्मी जयन्ती

लक्ष्मी जयन्ती २०२२ (लक्ष्मीप्रसाद देवकोटा जयन्ती) गत हप्ता अक्टोबर ३०, २०२२ मा सदा झैं बृहत् साक्रमेन्टो क्षेत्रको डेविस शहरमा सम्पन्न भएको छ ।

Nepal Telecom ad

लक्ष्मी जयन्ती २०२२ (लक्ष्मीप्रसाद देवकोटा जयन्ती) गत हप्ता अक्टोबर ३०, २०२२ मा सदा झैं बृहत् साक्रमेन्टो क्षेत्रको डेविस शहरमा सम्पन्न भएको छ ।

यो कार्यक्रम सन् २०१६ सालदेखि यस शहरमा भव्यताकासाथ शुरु हुन थालेको हो । उक्त शहरको मेरी एल स्टेफेन्स पु्स्तकालयको हलमा सम्पन्न भएको कार्यक्रमको आरम्भ महेश गौतमजीले स्वागत मन्तव्य, प्रमोद अमात्यले कार्यक्रम खाका र निरन्जन वाग्लेले महाकविको कविता अंश पाठ गरेर गर्नु भएको थियो । यस कार्यक्रमको सञ्चालन स्वस्तिका स्वस्तिजी र बाबु आचार्यजीले गर्नुभएको हो ।

कार्यक्रम सञ्चालन अगाडि भेटघाट, पुस्तक प्रदर्शन, विक्री वितरण तथा चियापानको अनौपचारिक कार्यक्रम रहेको थियो । मञ्चमा कुनै औपचारिक आसन ग्रहण, माला खादा, भाषण आदि गतिविधि बेगर सहज र सरल तवरमा रचना वाचन र श्रवणको कार्य सम्पन्न भएको थियो ।

रचना वाचनमा विनोद पौड्याल, कृष्णमान श्रेष्ठ, अमर तामाङ, सर्वज्ञ वाग्ले, नवराज कार्की, दुर्गा दाहाल तथा सुरेश भट्ट हुनुहुन्थ्यो । त्यस्तै रितादेवी प्रधान, शान्ति पौडेल, मधु पोख्रेल, र स्वस्तिका स्वस्तिले पनि आफ्ना रचना सुनाउनु भएको थियो । साथै, बाबु आचार्य, मुरारी पौडेल, सुरेन्द्र वाग्ले, महेश गौतम, निरञ्जन वाग्ले तथा प्रमोद अमात्यले आआफ्ना रचना सुनाउनु भएको थियो ।

अनुशासित, शान्त वातावरणमा कार्यक्रम सफलताकासाथ सम्पन्न भएको थियो । अन्तमा हल्का खाना, फोटो सेसन र विचार विमर्श र अर्को वर्ष फेरि भेला हुने वाचा सहित कार्यक्रम समाप्त भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x