साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो हजुर हो, अँ हजुर अँ !

हजुरसँग प्रतिकार गर्न सकिएन हजुरको सम्भावित गालीको वर्षा थाम्ने हिम्मतै भएन त्यसैले हजुरले भन्नुभएको हो, हजुर हो अँ हजुर अँ ।

Nepal Telecom ad

हो नि, हजुर हो
हजुरले भनेको नेता खत्तम !
नक्कली
देखावटी
बनिबनाउ
भँडुवा
सैंदुवा
हो, हजुर हो
अँ हजुर अँ
हजुरले भनेको नेता खास्सा !
देशभक्त
विकाशप्रेमी
राष्ट्रवादी
योग्यता भएको
अँ हजुर अँ
हैन भनुँ भने हजुर ओर्लिहाल्नु हुन्छ
छाडाछाडा शब्दले गाली गर्न थाल्नुहुन्छ
झोले भन्नुहुन्छ टोले भन्नुहुन्छ
त्यसैले हजुरले भन्नुभएको
हो, हजुर हो
अँ हजुर अँ ।

जबर्जस्त विचारको धारमा रेटिएर
कमजोर भएपछि
कुसंस्कारको भारमा थिचिएर
गल्दै गएपछि
हजुरसँग प्रतिकार गर्न सकिएन
हजुरको सम्भावित गालीको वर्षा थाम्ने
हिम्मतै भएन
त्यसैले हजुरले भन्नुभएको
हो, हजुर हो
अँ हजुर अँ ।

हो, हजुर हो
हुँदैन हजुर हजुर हुँदैन
किन हुन्थ्यो र हजुर ?
हजुरकै झण्डा ठिक छ
हजुरकै डण्डा ठिक छ
हो नि हजुर ! तिनीहरूले के गर्न सक्थे र ?
हजुरहरूकै भेला ठूलो हजुर !
उनीहरूको त फेक हो
त्यो भेला त पुरानु फोटो टेक हो
हो नि हजुर ! हजुरहरूकै हुनेवाला छ
फैसला पछि त अर्कोहरू रुनेवाला छ
हो नि हजुर ! हजुरहरू नै संवैधानिक
यहाँहरूकै प्रदर्शनी हाइज्यानिक
हो, हजुर हो
अँ हजुर अँ ।

हजुरहरूका आआफ्ना नेता छन्
कोही यता छन् कोही तेता छन्
यताको कुरा ठिक भनौ
उताको हजुर छाडा बोल्ने
उताको ठिक भनौ
यताको हजुरलाई साह्रै पोल्ने
त्यसैले
हामी गोठालाहरूलाई साह्रै गाह्रो छ
तर पाडो पाए पनि पाडी पाए पनि
बिगौती चैं पाउँ है हजुर !
हो, हजुर हो
अँ हजुर अँ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x