साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोषणा पत्र

बोका बाख्राको चर्तिकलाले ममा झन् कुतुहलता बढायो अनि मैले आफ्नो कुतुहलता मेटाउने हेतुले फेरि बोकालाई नै प्रश्न राखें- “तैंले गर्न खोजेको चैं के हो त ? मैले त फिटिक्कै बुझिन नि ।”

Nepal Telecom ad

कतै जाँदै थिएँ, बाटामा अचम्मको दृश्य देखा पर्‍यो अर्थात् बाटैका छेउमा बनेको चौतारोमा उभिएर एउटा गन्धे बथ्थु बोको “ब s s ऊ s s भत्-भत्-भत्, ब s s ऊ s s भत्-भत्-भत”-गर्दै फत्फताउँदै रहेछ ।

मलाई आश्चर्य लाग्यो, बोको त बाख्री छेउमा देखे फत्फताउने हो तर यो त एक्लै फतफताउँदै छ; के भएछ हँ ? यसलाई ? भनेर ममा जान्ने उत्सुकता नबढाइ छोडेन ।

म बोकाको नजिकै गएँ र एकतमासले फत्फताइ रहेको बोकालाई सोधें- “किन एक्लै फत्फताइ रहेको छस् हौ नाथे तँ ?”

मेरो बोलीले उसको धारा प्रवाह फत्फताइमा अवरोध हुन पुगेकाले राताराता आँखा तरेर मलाई हेर्‍यो र डिलमुनि देखाउँदै भन्यो- “के को एक्लै ? देखेनौ मेरा यतिका कार्यकर्ता र मतदाता ?”

नभन्दै चौतारोको एक कान्लामुनि हेरेको त जे भएका भेडा बाख्रा आँखा चिम्लेर घोसेमुन्टो लाउँदै उँघिरहेका रहेछन् र तिनै उँघिरहेका भेडा बाख्राहरूलाई सुनाउन बोको चौतारोमा फत्फताउँदो रहेछ ।

बोका बाख्राको चर्तिकलाले ममा झन् कुतुहलता बढायो अनि मैले आफ्नो कुतुहलता मेटाउने हेतुले फेरि बोकालाई नै प्रश्न राखें- “तैंले गर्न खोजेको चैं के हो त ? मैले त फिटिक्कै बुझिन नि ।”

“चुनाव आएको थाहा छैन ? घोषणा पत्र सार्वजनिक गरेको नि !”- बोकाको उत्तर थियो ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x