मुक्तिनाथ शर्मातीन ठोक्तक
बुझे सज्जनले यस्ता धुर्तको चाल अन्तमा आत्तिए बनका जन्तु भागे पुच्छर लुकाउदै ।

१.
तिहारपछि हामी सबै निर्वाचनमा जाम्ला
नेताजीलाई जिताएर फ्री-भिषा मागम्ला
हजाइजहाज् टिकट् पनि सित्तिमै दिने रे
दिए भने गाउले सबै विदेशमा जाम्ला ।
२.
बुढा बाघ ठिटा स्याल ङ्वार्र हुइया कराउदै
गाउँमा पस्न थालेछन् चोखाप्राणी जनाउदै
बुझे सज्जनले यस्ता धुर्तको चाल अन्तमा
आत्तिए बनका जन्तु भागे पुच्छर लुकाउदै ।
३.
आमाले भन्नुभो बाबू ! घोषणापत्र देखियो
दिदी भाउजू भन्दैछन् संकल्पपत्र हेरियो
भन्दिएँ त्यो ठूलो हैन फल मिल्ला म ठान्दिन
हिजो पनि यसै हुन्थ्यो आयो हेरेर फालियो ।
०००
नयाँ वानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































