साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोषणा-पत्रको बजार !

उसले आफूले आफैलाई सोध्यो ! घोषणा-पत्रको पात्र र ममा के फरक छ ? घोषणा-पत्रको रङ्ग र मेरो रगतको रङ्ग कुन गाढा छ ? घोषणा-पत्रको अनुहार र मेरो अनुहारमा के अन्तर छ ?

Nepal Telecom ad

नेताज्यूबाट !
करतल ध्वनि सहित !
चुनावी घोषणा-पत्र जारी भयो !
तर !
घोषणा-पत्र पढेपछि !
रामबहादुर भने अक्कबक्क पर्यो !

घोषणा-पत्रमा !
उसका छोराछोरीहरूले पढ्ने स्कुलहरू थिएनन् !
काम गरेपछि सुस्ताउने चौतारीका बरपिपलहरू थिएनन् !
बृद्धआमा, बाले आड लगाउने बलिया भित्ताहरू थिएनन् !
विडम्बना, घोषणा पत्रमा…
ठूला ठूला साहुमहाजनका बैंकहरू थिए !
ठेकेदारका ठेक्कापट्टाहरू थिए !
खरका झुप्राहरूका कथाहरू थिएनन् !
तर !
दरबारहरू थिए !
आलिशान महलहरू थिए !

घोषणा-पत्र पढेपछि !
रामबहादुर अलमल्लमा पर्‍र्यो !
घोषणा-पत्रमा !
इमान र जमानका कथाहरू थिएनन् !
नेपालीहरूले विदेशमा पोखेका आँसुका दहहरू थिएनन् !
राता गुराँस फुल्ने न पाखाहरू थिए,
न खेतबारीमा फल्ने धान र मकै थियो !
विडम्बना, घोषणा-पत्रमा !
देशको सपना लुट्ने दाउहरू थिए !
बेइमान र ठगहरूको उन्मुक्त हाँसो थिए !
इमान र जमानको रङ्गहरू थिएनन् !
तर !
सत्ताका असिमित भोक थिए !
अग्ला सिंहासनहरू थिए !

घोषणा-पत्र पढेपछि !
रामबहादुर अल्मलमा पर्‍यो !
उसलाई आफ्नै माटो बिरानो लाग्यो !
उसलाई आफ्नै सपनाले घोच्यो !
अनि !
उसले आफूले आफैलाई सोध्यो !
घोषणा-पत्रको पात्र र ममा के फरक छ ?
घोषणा-पत्रको रङ्ग र मेरो रगतको रङ्ग कुन गाढा छ ?
घोषणा-पत्रको अनुहार र मेरो अनुहारमा के अन्तर छ ?

०००
१६ कार्तिक, ०७९
गोरखा, हाल, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x