साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवेक जिन्दावाद

ममात्र होइन धेरै छन् मजस्ता दोधारेहरू मनले भन्दैछ यसपालीको स्वस्तिक छाप जहाँ लग्ला विवेकले । विवेकको निर्णय जिन्दावाद !

Nepal Telecom ad

भोलि अर्थात्
चार मङ्सिर ०७९
छैठीको दिन
भावीले होइन
हामीले
यो देशको भविष्य र
भाग्य लेख्ने दिन ।
म दोधारमा छु
कुन रंगको मसीमा कलम चोबेर लेखौं
यसपाली मैले मेरो देशको भाग्य र भविष्य ?
म आजसम्म डगमगाएकी छैन
अरु कतैतिर कलम चोबेकी पनि छैन
सिवाय रातो छोडेर ।

पहिले सूर्यको रातो रङमाथि भर गरेकी हुँ
तर महाकालीमा डुबेर कालो भयो त्यो सूर्य
त्यसपछि यो मनमा त्यो रातो भएर कहिल्यै उदाएन ।
त्यसपछि हँसियाभित्रको ताराको रातो रङमा चोबेकी हुँ कलम
विनासित्तिमा मेरा काँधहरू सिढी बन्दैछन्
बालुवामै पानी हाल्दैछु भन्ने लाग्यो ।

मनै त हो
मनले नमानेपछि मेरो के लाग्छ र?
विश्वास थिएन खासै
भर पनि थिएन
मर न त ! एकपटक हेरौं भन्दै
हँसियाहतौडामा चोबियो कलम
सत्ता स्वार्थभन्दा माथि उठ्न सकेनन्
बहुमतको मातमा डुबेर सबै खुइल्याइदिए ।

चहकिलो रातो रंङ
झोले हुन मन छैन
चम्चा हुन जानिएन
देशभन्दा माथि अर्को कोही छैन
देशसंग साँटिने अरु केही छैन ।
तर कसैको भर पनि त छैन
तैपनि भोट नहाली भाछैन
कस्तो दोधारमा परियो !!

ममात्र होइन
धेरै छन् मजस्ता दोधारेहरू
मनले भन्दैछ
यसपालीको स्वस्तिक छाप
जहाँ लग्ला विवेकले ।
विवेकको निर्णय जिन्दावाद !

०००

झापा
२०७९/०७/२८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x