निर्वाचन प्रचार सामाग्री

संकल्प

मतदान गर्नुअघि तील जौ कुश र पानी हातमा लिएर याे संकल्प पारायण गर्नु पर्ने रे !!

मतदान गर्नुअघि तील जौ कुश र पानी हातमा लिएर याे संकल्प पारायण गर्नु पर्ने रे !!

हरि ॐ : अथ तत्सत् ३ देउवा, केपी, प्रचण्ड अध्येय श्री गन्धा राजनितो तुच्छ, पुरुषस्य विदेशी प्रभु राज्ञया प्रवर्तमानस्य एतस्य सकल नेपाल विनाश कारिणो अन्तिम परार्धे, खोयाबिर्केसँग सुँगुर कल्पे, शाह राणा मन्वन्तरे, अष्टाविंशतितमे घोर कलियुगे, महाकालौ युगस्य, तृतिय चरणे जम्बो दिपे, बेच्न खोजेको हिमवत्पर्वत्तराइरैक नेपाल देशे, पूर्व, मध्यम, पश्चिम, मेची, गण्डकी, महाकाली प्रदेशे,…..

श्री मद निरीह जनता क्षेत्रे तदन्तरगत पार्टिका नन्दी, भृङ्गी सहिताय, चिनस्य दक्षिणी, भारतस्य उत्तरे, अमृकास्य अति दुर तर गिद्धेदृष्टि भागे, इह पूण्य भूमौ, भट्टी नाम सम्बत्सरे, श्री सूर्य, चन्द्र, रुख, हँसिया हथौड़ा सर्व भागमा छाप लागि अपवित्रः आकाश अयने, रितुकाल जति सबै मासे, बेतिथौ, ब्रोइलर बासरे, खोयाबिर्के नक्षत्रे, तरुनी तन्नेरी योगे, अन्येषु सबै झोले, मुङ्ग्रे, बन्दुके, मुड्के जति छोयला कचिला छ्याङ्ग भाको स्थानमा स्थितेषु, …..

अतः नेपाल देशे, शाढेशाती शनि दशा विशेषेण, अध्येय दैत्य दानव चरित्र गोत्रस्य, सुरापान, सुन्दरी स्नान, द्रब्य चोर इति तृ प्रवरस्य, उल्लेखित नाम्न तस्करे मम, आफैँले चलाएको भालुपुराणः फल प्राप्त्यार्थ, अस्मत सन्तान, दर सन्तान, कायिक, वाचिक, मानसिक, बीस मुनिका कन्या कुमारी जानिबुझी सांसर्गिक, कुर्सासन, कुर्सिमै शयन, परस्तृ गमनादी कृत दोष भोगनार्थ यह मतदान कर्म आबयिष्ये ।

०००
काठमाडौं

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल
गुन्द्रुक र व्यङ्यकवि

गुन्द्रुक र व्यङ्यकवि

गाेपेन्द्रप्रसाद रिजाल
केही छेस्काहरू

केही छेस्काहरू

गाेपेन्द्रप्रसाद रिजाल
म नेता

म नेता

गाेपेन्द्रप्रसाद रिजाल
पाँचवटा खित्का

पाँचवटा खित्का

माणिकरत्न शाक्य
बेलाको बोली १५

बेलाको बोली १५

ऋषि बस्ताकोटी
चार खितखित

चार खितखित

माणिकरत्न शाक्य
कन्तबिजोक

कन्तबिजोक

तिलक लुइटेल