साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भए हुन्छु म !!

कुर्सी स्वार्थ छ दासको घर भनी झर्केँ भने हुन्छु म सत्ता स्वाँठ छ धुर्तको चर भनी चर्केँ भने हुन्छु म ! धर्मी धर्म छ भेद खाडल भनी छड्केँ भने हुन्छु म यौटा मानवता छ मानिस भनी पड्केँ भने हुन्छु म !!

Nepal Telecom ad

माया हो मन निम्छरो र यसको टाढा रहे हुन्छु म
काया हो मन बिर्सने र यसमा गाढा रहे हुन्छु म !
लोभी लोभ छ निम्छरो र यसको बैरी भए हुन्छु म
क्रोधी क्रोध छ खाग यो र यसको बैरी भए हुन्छु म !!

स्वार्थी स्वार्थ छ नीच नीच नरको फर्केँ भने हुन्छु म
जाली धुर्त खराब दूर यिनमा तर्केँ भने हुन्छु म!
धाकी धाक सजाउने खल सबै कर्केँ भने हुन्छु म
छन् साना तर भद्र भव्य दुनियाँ लर्केँ भने हुन्छु म !!

कुर्सी स्वार्थ छ दासको घर भनी झर्केँ भने हुन्छु म
सत्ता स्वाँठ छ धुर्तको चर भनी चर्केँ भने हुन्छु म !
धर्मी धर्म छ भेद खाडल भनी छड्केँ भने हुन्छु म
यौटा मानवता छ मानिस भनी पड्केँ भने हुन्छु म !!

भट्टी छिर्नु छ गन्ध गोबर सधैँ सम्झेँ भने हुन्छु म
लामो नाद छ लाशको घर छिटै बिम्झेँ भने हुन्छु म !
नाता नेल र हत्कडी नर सबै ठानेँ भने हुन्छु म
यौटा मानवता पवित्र मनको मानेँ भने हुन्छु म !!

हल्ला बाहिरका र भोक चितुवा यौटा बुझे हुन्छु म
पूजा अर्चन शोक दास सब हुन् भन्ने सुझे हुन्छु म !
ठूलो मानव ह्वैन मात्र मनमा गुन्ने भए हुन्छु म
मान्छे हो मनको सधैँ असल यो सुन्ने भए हुन्छु म !!

माथ्लो ह्वैन छ जिन्दगी तल सधैँ झर्ने भए हुन्छु म
स्वाँगे भोज घृणा गरी गरिबमा भर्ने भए हुन्छु म !
हौँ सामन्त भनी म नित्य मनमा पर्ने भए हुन्छु म
मेरो कञ्चनमा निखार म रहे मान्छे हुने हुन्छु म !!

भोको नाम नचाल काम गतिला गर्ने भए हुन्छु म
गाली मस्त सुनी सदा दिल खुशी भर्ने भए हुन्छु म !
भित्री दाग झिकेर अग्नि पथमा छर्ने भए हुन्छु म
यौटै मानव विश्व हो प्रिय भनी मर्ने भए हुन्छु म !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x