साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो नारा लगाऊ

भोट हालिदिनु थियौ हालिदियौ उनका आश्वासनको प्रलोभनमा आफ्नो उनको पर्न लागेको छिँड टालिदियौ उनलाई पाँच वर्षका लागि पालिदियौ यसको बदलामा तिम्रा अभावको ढुङ मार्छन् र !

Nepal Telecom ad

तिम्रै सहयोगबाट
तिम्रै भोटबाट
जिते अरे बाबैले
तिम्रो अभिमतका लागि
अँघेनामा बसेर कुनै बेला
ढिँडो पनि खाएका थिए
रोटो पनि खाएका थिए
गोरु पनि दाएका थिए
थोत्रा चप्पल पनि लाएका थिए
अब तिम्रो घरभित्र
खुट्टा पसार्छन् र !!
अभाव तिम्रोमा झन् बढेको छ
तिम्रो एक छाक उनले टार्छन् र !!
गरिबी झन् मौलाएको छ
तिम्रो गरिबीलाई पछार्छन् र !!

भो कुरा नगर
हिजोको जस्तो
आकाशबाट तारा झार्छन् र !!
अब तिमीलाई हेर्न आँखा उघार्छन् र !!
जिन्दाबाद र मुर्दाबाको नारा लगाएर
पेटका किरा मारेको छ मारेको छ
बाबैले तिम्रो शत्रुलाई पर सार्छन् र !!
न नाताका पर्‍यौ न जातका पर्‍यौ
न सम्धी पर्‍यौ न ज्वाइँ पर्‍यौ
तिमीलाई अब सित्तैमा वैतर्णीबाट तार्छन् र !!

भो नारामा र जुलुसमा नहिँड
आफ्नो कर्थलोमै भिड
तिमी नारा लाउन हिँड्दा
तिम्रा गोरु बाबैैले नार्छन् र !!
भोट हालिदिनु थियौ हालिदियौ
उनका आश्वासनको प्रलोभनमा
आफ्नो उनको पर्न लागेको छिँड टालिदियौ
उनलाई पाँच वर्षका लागि पालिदियौ
यसको बदलामा
तिम्रा अभावको ढुङ मार्छन् र !!
नारा खाएर अघाइन्न
नारा र जुलुसमा हिँड्नेले
खालो सार्छन् र !!
तिमीलाई वैतर्णीबाट तार्छन् र !!

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x