साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आचार्य निवासमा घुम्तीको १२० औ विशिष्ट कविगोष्ठी 

कार्यक्रममा प्रमुख आतिथ्यता वरिष्ठ साहित्यकारद्वय विजय चालिसे र प्रा.डा. रामप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ मङ्सिर १० । सम्मान सर फाउण्डेसनको आयोजनामा १२० औँ घुम्ती कविगोष्ठी पत्रकार निबन्ध आचार्यको निवास कपनमा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख आतिथ्यता वरिष्ठ साहित्यकारद्वय विजय चालिसे र प्रा.डा. रामप्रसाद ज्ञवालीले गर्नुभएको थियो । विशिष्ट अतिथिहरूमा मित्रलाल पंज्ञानी, दुर्गा अधिकारी भमरकोटे, वेदमणि घिमिरे, तिलकप्रसाद लुइँटेल, मधुसूदनप्रसाद पाण्डेय, शङ्कर भारती, बिसुकुमार के.सी. लगायत हुनुहुन्थ्यो । कार्यक्रममा पत्रकार एवं साहित्यकार विनोद दाहाल बत्स्, विन्दु अधिकारी ढकाल, निबन्ध आचार्य, रामकुमार पण्डित क्षेत्री अतिथिको रूपमा थिए ।

निबन्ध आचार्यले स्वागत मन्तव्य दिएपछि कविता वाचन सुरु भएको थियो । कविता वाचन गर्नुहुनेहरूमा मित्रलाल पंज्ञानी, दुर्गा अधिकारी भमरकोटे, वेदमणि घिमिरे, तिलकप्रसाद लुइँटेल, मधुसूदनप्रसाद पाण्डेय, शङ्कर भारती, बिसुकुमार के.सी., विनोद दाहाल बत्स्, विन्दु अधिकारी ढकाल, रामकुमार पण्डित क्षेत्री, रामचन्द्र दाहाल, ओमप्रसाद कोइराला, माधवलाल श्रेष्ठ, बिमल कोइराला, सुशील आचार्य, त्रिलोचन आचार्य, राजेशमान के.सी.लगायतका कविहरू हुनुहुन्थ्यो ।

कार्यक्रममा दुर्गा अधिकारी भमरकोटे र विनोद दाहाल बत्सले आफूले भर्खरै सार्वजनिक गेरेको पुस्तक यात्री पुस्तकालयलाई प्रदान गर्नुभयो । उपन्यासकार शंकर भारतीले मन्तव्यमा “दश वर्षसम्म अनवरत घुम्ती कविगोष्ठी सञ्चालन हुनु भनेको ऐतिहासिक काम भएको” बताउनु भयो । तिलकप्रसाद लुइँटेल, वेदमणि घिमिरे, मधुसूदन पाण्डेय लगायतले साहित्यको महत्वको बारेमा चर्चा गर्नुभयो । प्रा.डा. रामप्रसाद ज्ञवाली, विजय चालिसेले घुम्ती कविगोष्ठीमा स्तरीय रचनाहरू वाचन गरिने बताउनु भयो ।

घुम्ती कविगोष्ठीका उपाध्यक्ष माधवलाल श्रेष्ठले सञ्चालन गर्नुभएको सो कार्यक्रममा अध्यक्ष रामकुमार पण्डित क्षेत्रीले धन्यवाद ज्ञापनको क्रममा आज १० गते १० वर्ष पुगेको उपलक्ष्यमा १० जना जति अति विशिष्ठ साहित्यकारहरूलाई एउटै मञ्चमा भेला गराएर कविगोष्ठी गरिनु ऐतिहासिक एवं आफैँमा विशिष्ट भएको बताउनु भयो । साथै आगामी शृङ्खला यस घुम्तीका पूर्व संस्थापक सदस्य डिल्लीप्रसाद मूलतिहूनको आयोजनामा हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा हरेक पटक नयाँ कदम चाल्ने निबन्ध आचार्यले यस पटक कविहरू सप्ताह पारायण गर्ने व्यास जत्तिकै महत्व भएको धारणा व्यक्त गर्दै कविता वाचन गर्नासाथ कविलाई टीका, प्रसाद र दक्षिणाको व्यवस्था गर्नुभएको थियो । टीका वेदमणि घिमिरेले, प्रसाद प्रा.डा. रामप्रसाद ज्ञवालीले र दक्षिणा विजय चालिसेले प्रदान गर्नुभएको थियो ।

०००
– रामकुमार पण्डित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x