सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सिन्डीकेटको जात्रा

सिन्डीकेट चलाउने बजेट छ ठूलो भित्रभित्रै मिलाउने बनेको छ दुलो । माथिदेखि तलसम्म फैलाएको धन्दा निरन्तर चुलिँदो छ हिजो, अस्तिभन्दा ।

Nepal Telecom ad

नाफाखोरी हैकमको फैलाएर जरा
सीधा-सादा मरेका छन् वैलाएर बरा !
सवारीमा मनोमानी जता हेर्‍यो उतै
एकलौटी नभएको क्षेत्र छैन कतै ।

समितिले चलाएका बस चन्छन् जति
बूढा-पाका यात्रुलाई सताउँछन् अति ।
मनपरी गरी गाडी चलाउँछन् छिटो
सिन्की खाँदै जस्तो गरी पार्छन् धुलोपिठो ।

एकोहोरो मुसारेर युवतीका गाला
भाडा लिन्छन् मनोमानी दादागिरी चाला ।
पकेट्मार्ने धन्दा गर्छन् मौका खोजीखोजी
यताउति छामेपछि रित्त्याउँछन् गोजी ।

खलाँसीले हप्काएर गुण्डागर्दी गर्छन्
बसभित्र उठाएर मनपर्दी गर्छन् ।
बोल्छन् कोही रामायण कोही नारायण
सुन्न पनि नसकिने गीता पारायण ।

खोरभित्र भेडा-बाख्रा घचेटेको जस्तै
तन्नेरी र तरुनीले अँचेटेको जस्तै –
ठेलम्ठेल, पेलम्पेल गराएर यात्रा
कतिञ्जेल चल्ने होला यस्तो गाईजात्रा ।

सिन्डीकेट चलाउने बजेट छ ठूलो
भित्रभित्रै मिलाउने बनेको छ दुलो ।
माथिदेखि तलसम्म फैलाएको धन्दा
निरन्तर चुलिँदो छ हिजो, अस्तिभन्दा ।

०००

नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मौकामा चौकाको चर्तिकला

मौकामा चौकाको चर्तिकला

डा. बमबहादुर जिताली
एनसेलको सेल

एनसेलको सेल

डा. बमबहादुर जिताली
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
वर्तमान र विगतको मर्म

वर्तमान र विगतको मर्म

डा. बमबहादुर जिताली
हिजो-आज

हिजो-आज

डा. बमबहादुर जिताली
छेपारोको कथा

छेपारोको कथा

राजेन्द्रप्रसाद अधिकारी
सन्तान थरीथरीका

सन्तान थरीथरीका

खोलाघरे साहिँलोे
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन