साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिन्डीकेटको जात्रा

सिन्डीकेट चलाउने बजेट छ ठूलो भित्रभित्रै मिलाउने बनेको छ दुलो । माथिदेखि तलसम्म फैलाएको धन्दा निरन्तर चुलिँदो छ हिजो, अस्तिभन्दा ।

Nepal Telecom ad

नाफाखोरी हैकमको फैलाएर जरा
सीधा-सादा मरेका छन् वैलाएर बरा !
सवारीमा मनोमानी जता हेर्‍यो उतै
एकलौटी नभएको क्षेत्र छैन कतै ।

समितिले चलाएका बस चन्छन् जति
बूढा-पाका यात्रुलाई सताउँछन् अति ।
मनपरी गरी गाडी चलाउँछन् छिटो
सिन्की खाँदै जस्तो गरी पार्छन् धुलोपिठो ।

एकोहोरो मुसारेर युवतीका गाला
भाडा लिन्छन् मनोमानी दादागिरी चाला ।
पकेट्मार्ने धन्दा गर्छन् मौका खोजीखोजी
यताउति छामेपछि रित्त्याउँछन् गोजी ।

खलाँसीले हप्काएर गुण्डागर्दी गर्छन्
बसभित्र उठाएर मनपर्दी गर्छन् ।
बोल्छन् कोही रामायण कोही नारायण
सुन्न पनि नसकिने गीता पारायण ।

खोरभित्र भेडा-बाख्रा घचेटेको जस्तै
तन्नेरी र तरुनीले अँचेटेको जस्तै –
ठेलम्ठेल, पेलम्पेल गराएर यात्रा
कतिञ्जेल चल्ने होला यस्तो गाईजात्रा ।

सिन्डीकेट चलाउने बजेट छ ठूलो
भित्रभित्रै मिलाउने बनेको छ दुलो ।
माथिदेखि तलसम्म फैलाएको धन्दा
निरन्तर चुलिँदो छ हिजो, अस्तिभन्दा ।

०००

नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x