साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नखोजिएको मानिस..

घरबाट दिनदिनै आफैँलाई खोज्न निस्कन्छ रे ऊ सुनाउछन् केहि उसलाई चिन्ने धेरै थिए, बस् ! खोज्ने कोहि थिएनन् मरेको थिएन ऊ र, यो कुरा पनि कसैलाई थाह थिएन ।

Nepal Telecom ad

ठ्याक्कै खेती गर्ने बेला
आएको वर्षा जस्तै थियो ऊ
सबैलाई मुस्कान बाँड्दै हिँड्ने, यात्री थियो
तर,
निकै समय भयो…., साँच्चै धेरै भयो, ऊ हराएको
अचानक गायब भएको भने होइन
किस्ता-किस्तामा सकिँदै गर्दा
कसैले वास्ता नगरेका मात्र हुन्
वर्षौँ
कसैको डाइलिङ नम्बरमा नपरेर
कसैबाट बाडुली नपाएर
कसैको हाल खबर सोधाइमा नआएर
रित्तिदै थियो ऊ
जिउँदाको जन्ती र मर्दाको मलामी
सूचीबाट मेटिदै थियो
गाउँका साथीहरूले नसम्झिएपछि
शहरका यारहरूले याद नगरेपछि
आफ्नाले नबोलाएपछि
दुश्मनले भुलाएपछि
भएर पनि थिएन ऊ कतै
कसैले माडेको सुर्ती च्याप्न नपाएर
कसैले बाँडेको चुरोट चुम्न नपाएर
कसैको रक्सिको साथी बन्न नपाएर
कसैको छुटिसकेको लत भएको थियो ऊ
साँझमा एक्लै भट्टि छिर्दै गरेको
देखेका थिए रे कसैले
कुनै कविताको हरफमा किचिएको अवस्थामा
भेटिएको थियो रे, भन्छन् कोहि
घरबाट दिनदिनै
आफैँलाई खोज्न निस्कन्छ रे ऊ
सुनाउछन् केहि
उसलाई चिन्ने धेरै थिए, बस् ! खोज्ने कोहि थिएनन्
मरेको थिएन ऊ
र, यो कुरा पनि कसैलाई थाह थिएन ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्रह्माजीको पिलो

ब्रह्माजीको पिलो

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x