साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तुलसी-चन्द्र प्रतिष्ठानद्वारा स्रष्टा बूँद राना र कलानिधि दाहाल सम्मानित

कार्यक्रममा सम्मानित व्यक्तित्व वुँद रानालाई प्रमुख अतिथिले १० हजार नगदसहित सम्मानपत्र प्रदान गर्नु भयो भने कृति पुरस्कार प्राप्त कलानिधि दाहाललाई १५ हजार रकमसहित तुलसी-स्मृति पुरस्कार प्रदान गर्नु भयो ।

Nepal Telecom ad

काठमाडौं, १५ पुस २०७९ । बारएसोसियन सभाकक्षमा युवराज पाण्डेको सभापतित्व, सशक्त गद्य कवि तथा पूर्व मुख्य सचिव विमल कोइरालाको प्रमुख आतिथ्य, चन्द्रकान्त आचार्यको सटिक उद्घोषण, संस्थाका सचिव तथा खाजा नखाई जम्मा गरेका पैसाको सम्मान तथा पुरस्कार स्थापक हेमराज पाण्डे, सम्मानित व्यक्तित्व वुँद राणा, कृति पुरस्कृत व्यक्तित्व कलानिधि दाहाल, सम्मानित/पुरस्कृत व्यक्तित्वका परिचायक साझा प्रकाशनका महाप्रबन्धक तथा सशक्त पद्य कवि प्रह्लाद पोख्रेलको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व वुँद रानालाई प्रमुख अतिथिले १० हजार नगदसहित सम्मानपत्र प्रदान गर्नु भयो भने कृति पुरस्कार प्राप्त कलानिधि दाहाललाई १५ हजार रकमसहित तुलसी-स्मृति पुरस्कार प्रदान गर्नु भयो ।

प्रमुख अतिथिले दीप प्रज्वलन गर्दै शुरु भएको कार्यक्रममा संस्थाका सचिव तथा संस्था/सम्मान/पुरस्कार स्थापक हेमरज पाण्डेले संस्थाको जानकारी प्रस्तुत गर्नु भयो ।

प्रमुख अतिथि विमल कोइरालाले कविता लेखनको विशद् चर्चा गर्ने क्रम अन्तर्गत अहिले नेपालमा राजनीतिज्ञ अरु सबै जान्दछन् तर राजनीति जान्दैनन्, हामी राजनीतिज्ञ नभएका चाहिँ राम्ररी राजनीति बुझ्छौँ भन्दै यथार्थ व्यङ्ग्य प्रहार गर्नु भयो । सम्मानित/पुरस्कृत व्यक्तिद्वयले आआफ्ना रचना प्रस्तुत गर्दै मन्तव्यसमेत दिनु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x