साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस वर्षका सुरभि पुरस्कारहरूको घोषणा

प्रतिष्ठानले प्रदान द्वारा प्रदान गरिने विभन्न पुरस्कारले यसवर्ष स्रष्टा हरिहर खनाल,  भाउ पन्थी, विश्व कुईकेल, रन्जना पराजुली,  डा. श्री रवीन्द्र समीर र लक्ष्मण खतिवडा पुरस्कृत गरिने ।

Nepal Telecom ad

सुरभि साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू घोषणा गरेको छ । वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ समालोचक युवराज मैनाली तथा वरिष्ठ कवि तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल सदश्य रहेको समितिले गरेको सिफारिसका आधारमा उक्त पुरस्कारहरू घोषणा गरिएको हो ।

प्रतिष्ठानका अनुसार गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार वरिष्ठ आख्यानकार श्री हरिहर खनाललाई, सुरभि बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ आख्यानकार श्री भाउ पन्थीलाई, सुलेख आख्यान प्रतिभा पुरस्कार श्री विश्व कुईकेललाई, सुरभि प्रल्हाद नारी आख्यान पुरस्कार श्री रन्जना पराजुलीलाई, सुरभि अच्युतराम लघुकथा पुरस्कार डा. श्री रवीन्द्र समीरलाई र सुरभि वेदमणी आख्यान प्रतिभा पुरस्कार श्री लक्ष्मण खतिवडालाई प्रदान गर्ने निर्णय भएको छ ।

उल्लेखित पुरस्कारहरू प्रतिष्ठानको पन्ध्रौं स्थापना दिवसको अवसरमा २०७९ माघ २१ गते शनिबार जोरपाटी बेसीगाउस्थित ढोल्खा धारो कुटीमा एक कार्यक्रम गरी प्रदान गरिने छ । साथै उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार गोपिकृष्ण शर्मालाई अभिनन्दन गरिने कार्यक्रम रहेको छ ।

स्मरणीय छ सुरभि साहित्य प्रतिष्ठानले सोही स्थानमा प्रत्येक महिनाको तेस्रो शनिबार मासिक आख्यान वाचन कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले सुलेख साहित्यिक मासिक पनि प्रकाशन गर्दै आएको कुरा बिदितै छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x