साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखनीका गुरु

सग्लो साहित्य फल्ने, सरस फल दिने रोपियो बोट सानु, सप्रेको बोट देखी ह्दय-ह्दयमा लेखियो नाम ‘भानु’, ‘मोती’-स्याहार पाई, अझ विकसित भै झाङ्गियो ‘सोमनाथ’, हाली चौतर्फ हाँगा रुखभरि तिजुको वृक्ष भो ‘लेखनाथ’ ।

Nepal Telecom ad


अग्लो आदर्श छर्दै रसमय कविता पस्कियौ लेखनाथ !
तिम्रै सान्निध्य पाई सहज कहलियो मातृभाषा सनाथ
के हो तिम्रो तपस्या र ‘तरुण-तपसी’ बन्नु के हो बतायौ
ओजस्वी शब्द-वाणी सुललित कसरी बन्न सक्लान् सिकायौ ।


झर्दा अध्यात्म-धारा अनवरत यहाँ झर्छ पीयूष-धारा
भाषाको दीर्घसेवासित छ अमरता मिल्छ आनन्द सारा
आस्थाको, अस्मिताको अपहरण भए देश होला अनाथ
बर्सायौ काव्यकर्मी ! अटल अमरता ‘सत्य सन्देश’साथ


फैलायौ क्रान्तदर्शी कवि ! जनमनमा क्रान्तिको गीतलाई
चढ्लान् ठाडो उकालो सबल नवयुवा जोसिलो चेत पाई
तिम्रो आराधनामा चमकमय बनोस् चेतनाको मुहार
तिम्रै सत्प्रेरणाले प्रगतिपथ चुमून् देशका कणर्धार


लेखी आरम्भदेखि प्रकृति-पुरुषका पौरखी कृत्यलाई
जल्ले जीवन्त पार्‍यो जतनसित यहाँ स्वच्छ साहित्यलाई
‘गङ्गा-गौरी’ चिनाई रसमय रचना सुम्पिँदै भक्तिसाथ
स्रष्टा शीर्षस्थ हाम्रा कविकुलगरिमा छन् सधैँ ‘लेखनाथ’


सग्लो साहित्य फल्ने, सरस फल दिने रोपियो बोट सानु
सप्रेको बोट देखी ह्दय-ह्दयमा लेखियो नाम ‘भानु’
‘मोती’-स्याहार पाई, अझ विकसित भै झाङ्गियो ‘सोमनाथ’
हाली चौतर्फ हाँगा रुखभरि तिजुको वृक्ष भो ‘लेखनाथ’


गरी ‘लक्ष्मीपूजा’ सरल विधि ‘लालित्य’सहित
बगायौ भाषाको जल सलल नौला कृतिसित
तिमीले लेखेका कृतिसित रमाई हरघडी
उदायो आत्माको प्रकृति पनि हाँसी अझ बढी

बस्दा निर्मल वृक्षको सयलमा जो पाइयो शीतल
सोही शीतलता घुसी हृदयमा बढ्दैछ लेख्ने बल
तेजस्वी तिजु-वृक्षझैँ सरसिला हे लेखनीका गुरु !
तिम्रै शब्द टिपेर आदर गरी श्रद्धार्थ होमेँ चरु ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x