सुलसुलेकविशिरोमणि पौडयालको १३९ औं जन्मजयन्ती र कृति लोकार्पण
नेपाली शिक्षा परिषद्को आयोजनामा लेखनाथ साहित्य सदन सोह्रखुट्टे ठमेलमा आयोजित सो कार्यक्रममा विभिन्न साहित्यकारहरूद्वारा कविशिरोमणिको प्रतिमामा माल्यार्पण ।

काठमाडौं, १५ पुस ०७९ । कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्ती आज नेपाली शिक्षा परिषद्को आयोजनामा सम्पन्न भएको छ । लेखनाथ साहित्य सदन सोह्रखुट्टे ठमेलमा आयोजित सो कार्यक्रममा सर्वप्रथम विभिन्न साहित्यकारहरूद्वारा कविशिरोमणिको प्रतिमामा माल्यार्पण गरेपछि नेपाली शिक्षा परिषद् का अध्यक्ष प्रा. रमा शर्माको अध्यक्षतामा सभामा परिणत भएको थियो । प्रमुुख अतिथि मुकुन्द शर्मा चालिसे हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन दिव्यचन्द्र आचार्यले गर्नुभएको थियो ।
सामुहिक राष्ट्रिय गानपछि स्वागत मन्तव्यमा- छन्दसारथि रमेश खकुुरेलले स्रग्धरा छन्दमा रचित ‘नेपाली राष्ट्र भाषा ललित अति मीठो..’ ले पद्यमय स्वागत गर्नुभयो ।
लेखनाथ पौड्यालका रचनावाचन गर्ने क्रममा कक्षा ३ मा पढ्ने आर्या घिमिरेबाट चरीको विलापका २ पद्य, प्रेक्षा लम्सालबाट ‘पिंजडाको सुुगा’ वाचन गरिए ।
२०७६ सालको स्नातकोत्तर परीक्षामा नेपाली विषयमा स्वणर्पदक पाउने अछामका चक्रबहादुुर रावललाई २०७६ सालको लेखनाथ प्रतिभा पुरस्कार (रु २० हजार नगद र प्रमाणपत्र) प्रदान गरियो । यो पुुरस्कारका संस्थापक लेखनाथकी सुपुत्री कुुन्तीदवी भट्टराई हुनुहुन्छ ।
लेखनाथका रचनावाचनकै अर्को क्रममा शान्ति सापकोटाबाट ‘तरूण तपसी’को ११औं विश्रामबाट ५ श्लोक, भुुवनहरि सिग्देलबाट ‘सत्यसन्देश’का ५ पद्य र थप १ पद्य, जगदीश्वर पोख्रेलबाट ‘कालमहिमा’, विजयराज न्यौपानेबाट ‘ऋतुुविचार’को हेमन्त वणर्नबाट केही श्लोक, प्रभा भट्टराईबाट ‘मखाऊँ मैं लाऊँ….’ लाई आफैेंले पुुनर्लेख गरिएको १ श्लोक र लेखनाथको ‘म कस्तो हुुँ’ वाचन गरिए ।
अर्को क्रममा खोलाघरे साहिँलाका शास्त्रीय छन्दमा रचित २ पद्यसंग्रह ‘नेपाल सर्वोपरि’ र ‘पद्यवल्ली’ को विमोचन प्रमुख अतिथि र अध्यक्षबाट संयुक्तरूपमा गरियो । विमोचित दुवै कृतिमाथि पर्शुुराम पराशरले संक्षिप्त तर सारभूत टिप्पणी प्रस्तुुत गर्नुुभयो ।
खोलाघरे साहिँलाले नेपाली शिक्षा परिषद् र पुस्तक विमोचन कार्यक्रममा सहभागी हुुनुुहुुने सबैमा आभार अर्पण गर्दै विमोचित दुुवै कृतिबाट केही श्लोकवाचन गर्नुुभयो ।
प्रमुख अतिथिले आफ्नो मन्तव्यमा आफू यो कार्यक्रममा आएर, लेखनाथका विभिन्न कविता विभिन्न व्यक्तिबाट सुन्न पाउँदा हर्षित भएको बताउनुभयो । दुुईवटा कृति विमोचन भएकामा खोलाघरे साहिंलोलाई बधाइ पनि दिनुुभयो र लेखनाथका विशेषताहरू बताउनुभयो, छन्दमा रचना गरेर उहाँलाई सम्मान गर्न सकिन्छ भन्नुुभयो ।
अध्यक्ष रमा शर्माबाट पदीय मन्तव्यमा कवि शिरोमणिप्रति श्रद्धाअर्पण, शिरोमणि पदवीको प्रसङ्ग, शिरोमणिको रथयात्राको समेत प्रसङ्ग ल्याउँदै, नेपाली शिक्षा परिषद्लाई जीवन्त राख्न प्रयत्नरत रहने भन्दै सबैेप्रति हार्दिक धन्यवाद अर्पणका साथ सभा समापन गर्नुुभयो ।
कार्यक्रममा उपस्थित अन्य व्यक्तित्वहरूमा डा.बमबहादुर थापा जिताली, भावकेशर, सरस्वती अधिकारी, शम्भु गजुरेल, रेजिना आपगाईं, शीतल गिरि, प्रह्लाद पोख्रेल, वसन्त रिजाल, योगेन्द्र अधिकारी, पुुष्पा खनाल अधिकारी, गंगाप्रसाद भेटवाल, सुुमन पुुडासैनी, टेकबहादुर लौडारी, सविता बराल, सीताराम अधिकारी, भाग्यशाली अधिकारी आदि ७० जना जति हुनुहुन्थ्यो ।
०००
तस्विर : खाेलाघरे साहिँलाे
Subscribe
Login
0 Comments
Oldest












































