साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ अर्कै भइसकेछ

कलेटी परेको ओठ चाट्तै थोत्रो चप्पल पड्काउँदै सन्देश बोकी गाउँगाउँको बाटो काट्ने त्यो साथी, गाउँमै छुटेछ कि क्या हो ? त्यसैले उसलाई खोज्न म फेरि यतै फर्केर आएँ शक्तिले सिद्धान्तलाई डसेछ ।

Nepal Telecom ad

हो बाबु ! राजधानीमा मैले
उसलाई देखेर आएँ
ठम्याउन धौधौ भयो
विधिनिर्माता भएपछि उसमा
धेरै फरक आइसकेछ, ऊ अर्कै भइसकेछ ।

थकित अनुहारको त्यो झुस्स दाह्री
फ्रेन्च कटमा बदलिइसकेछ
फाँसी चढ्न तयार गर्धनमा
टाईको गाँठो कसिइसकेछ
अब टन्न मोटाएर
निकै चिल्लो भइसकेछ
सुकिलो पोसाकमा ठाँटिएर
चिन्नै नसकिने भएछ
ऊ अर्कै भइसकेछ ।

गजब भयो
उसले पनि मलाई पटक्कै चिनेन
आफ्नो बैठक कोठामा उसले
घन्टौं कुरायो, भेटै दिएन
फुत्त निस्कियो, मोटर चढ्यो
कता हरायो, फिर्दै फिरेन
भेट्ने आसमा बसेको म
ऊ त विदेश पो गइसकेछ
ऊ अर्कै भइसकेछ ।

थाहा पाएँ उसका केही
काण्डहरू घटिसकेछन्
सात कुल तार्ने मौका यही हो
अन्तरचक्षु खुलिसकेछन्
उसका आफन्तहरूले समेत
मनग्गे पौडी खेलिसकेछन्
बङ्गला पनि किन्यो रे अब त
उसको गरिबी गइसकेछ
ऊ अर्कै भइसकेछ ।

कलेटी परेको ओठ चाट्तै
थोत्रो चप्पल पड्काउँदै
सन्देश बोकी गाउँगाउँको
बाटो काट्ने त्यो साथी,
गाउँमै छुटेछ कि क्या हो ?
त्यसैले उसलाई खोज्न म
फेरि यतै फर्केर आएँ
शक्तिले सिद्धान्तलाई डसेछ त्यहाँ
त सबै परिवर्तन भइसकेछ
ऊ अर्कै भइसकेछ ।

०००
दाङ
‘जय अवसरवाद’ (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x