साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्केत गर्छ बिहान

गरौ प्रवन्ध हितको आलाप मिल्छ अभिन्न सुकेर जान्छ पसिना देखिन्छ सार छ भिन्न हजार हात नमिले चल्दैन घात छ खिन्न तरङ्ग चाल दिनको सङ्केत गर्छ बिहान ।

Nepal Telecom ad

हुँदैन अन्न गतिलो रोगी छ के अभिमान
सुमार्ग हिंड्नु रसिलो आफन्त हेर जवान
हजार कर्म बलले आनन्द मिल्छ इमान
तरङ्ग चाल दिनको सङ्केत गर्छ बिहान ।१

छ कन्दरा सुख दिने एकान्त बास उठान
अनन्त राग मनको पौडेर दाश सहन्न
भरेर भाग धनको दौडेर पारि पुगिन्न
तरङ्ग चाल दिनको सङ्केत गर्छ बिहान ।२

मरेर लानु छ र के एक्लै छ जानु चिहान
गरेर खानु सजिलो गर्दैछ दन्त बझान
सुखी रहन्छ गुणले काट्दैछ साँझ बिहान
तरङ्ग चाल दिनको सङ्केत गर्छ बिहान ।३

यता छ वैभव सुधी बोकेर लान्न किसान
हतार मात्र जनको सोचेर हुन्न विधान
उमेर घट्छ किन यो यात्रा छ मन्द निमग्न
तरङ्ग चाल दिनको सङ्केत गर्छ बिहान ।४

गरा सजिन्छ फलले पालेर राख जहान
धरा रहन्छ मलिलो बाँझिन्न मिल्दछ खान
छरे सुगन्ध सुखको पर्दैन गर्न लुटान
तरङ्ग चाल दिनको सङ्केत गर्छ बिहान ।५

गरौ प्रवन्ध हितको आलाप मिल्छ अभिन्न
सुकेर जान्छ पसिना देखिन्छ सार छ भिन्न
हजार हात नमिले चल्दैन घात छ खिन्न
तरङ्ग चाल दिनको सङ्केत गर्छ बिहान ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x