साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ के छैन ?

यहाँ नेताको खोलमा खुङ्ग्खार ब्वाँसा लुकेको छैन कि साधुहरू खोरमा बलात्कारीहरू मोजमा छैन कि के अझै भन्नुपर्‍यो ? तपाईं अझै ङ्गिच्च हाँस्तै हुनुहुन्छ कि तपाईं नेता हो ?

Nepal Telecom ad

तपाईं किन फट्याइँ बोल्दै हुनुहुन्छ
यो देशमा के छैन
अहिले पट्याङ्ग दिउँला
आज मेरो हात चिलाइ रहेको बेला
राम्ररी सुन्नू
इमानदारी साथ भन्नुपर्दा
कुखुरोले बास्नुअघि
भट्टीको द्वारमा घुइँचो छैन कि
एक छाक खान तयार छन् तर
हातमा महँगा मोबाइल छैन कि
दिनभरी काम गर्‍यो
बेलुकी पख
भट्टी साहुनीलाई बुझाउने दस्तुर छैन कि
बालबालिकाका लागि बाँडिएको
पौस्टिक आहार खाने स्कुलका शिक्षक शिक्षिका
छैन कि
शपथ लिनु अघि इमानदारीताको गान
र पछि जनताको चौटामासु सितन बनाइ खाने
महान नेता छैन कि
यहाँ नेताको खोलमा खुङ्ग्खार
ब्वाँसा लुकेको छैन कि
साधुहरू खोरमा
बलात्कारीहरू मोजमा छैन कि
के अझै भन्नुपर्‍यो ?
तपाईं अझै ङ्गिच्च हाँस्तै हुनुहुन्छ
कि तपाईं नेता हो ?
नभए तपाईं लठुवा कार्यकर्ता चै हुनैपर्छ ।

०००
विराटनगर -१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x