साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा ढुङ्गानाको गजलकृति ‘एक थान जिन्दगी’ लोकार्पण

प्रमुख अतिथि प्रा.डा. घनश्याम परिश्रमी तथा प्रदेश सभासद गोपाल तामाङले कृति ‘एक थान जिन्दगी’ लोकार्पण गरेपछि समीक्षक ‘सुमी’ पोखरेल तथा ‘स्वर्णशिखा’ले कृतिको समीक्षा गर्नुभयो ।

Nepal Telecom ad

झापा, ७ माघ, २०७९ । सासंक प्रतिष्ठान, धुलाबारीले गजलकार मिलनकुमार ढुङ्गानाको गजलकृति ‘एक थान जिन्दगी’ लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता, प्रसिद्ध गजलकार प्रा.डा.घनश्याम न्यौपाने ‘परिश्रमी’को प्रमुख आतिथ्य, राधादेवी न्यौपाने, प्रा.डा.देवी पन्थी, प्रदेश सांसद माननीय गोपाल तामाङ, मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल, नगरका शिक्षा अधिकृत होमनाथ भण्डारी, दाङका गजलकार तथा आजको कृतिका समीक्षक हरिप्रसाद पौडेल ‘स्वणर्शिखा’, उदयपुरे गजलकार तथा समीक्षक सुमित्रा पोखरेल ‘सुमी’, स्रष्टाका बुबा तथा आमालाई विशिष्ट अतिथिको रुपमा मञ्चासिन गराएर प्रतिष्ठानका पुनितकुमार वंशलले वडो शिष्ट र सुललित भाषामा ज्यादै छरितो गरी कार्यक्रम सञ्चालन गर्नुभयो ।

सासंकका उपाध्यक्ष शिरो सान्दाइले स्वागत मन्तव्य व्यक्त गरेर अघि बढेको कार्यक्रममा स्रष्टाको परिचय केशव आचार्यले मोहक पारामा गराउनुभयो । प्रमुख अतिथि प्रा.डा. घनश्याम परिश्रमी तथा प्रदेश सभासद गोपाल तामाङले कृति ‘एक थान जिन्दगी’ लोकार्पण गरेपछि समीक्षक ‘सुमी’ पोखरेल तथा ‘स्वणर्शिखा’ले कृतिको समीक्षा गर्नुभयो । समीक्षाको प्रसङ्गमा गजलका सिकारुले गजलका अङ्गप्रत्यङ्ग सेर, मतला, मकता, रदीफ, काफिया, तखल्लुस, मिसरा आदि र गजल र बहरको सहअस्तित्व बारे पनि जान्न पाउने गरी कृतिको समीक्षा गर्नुभयो ।

किशोर कोइराला, तारा ढकाल तथा मुना खनालले लोकार्पित कृतिबाट गजल गाएर स्रोतालाई मुग्ध बनाउनु भयो ।
सर्जक मिलनकुमार ढुङ्गानाले आफ्ना कुरा राख्नुका साथै अतिथिहरू चन्द्र भण्डारी, उपप्रमुख मिना उप्रेती, डा.देवी पन्थी, माननीय गोपाल तामाङ तथा विशेषतः प्रमुख अतिथि प्राडा घनश्याम परिश्रमीले सारगर्भित मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकारहरू, पत्रकारहरू, शिक्षक तथा प्रअहरू कृष्ण बराल, चन्द्र भण्डारी, पुण्यप्रसाद खरेल, मोहन पोखरेल, गोमा पोखरेल, जानुका गुरागाईं, शिवकुमार पौडेल, सविता भण्डारी, पुष्प पौडेल (क्याम्पस प्रमुख), मोहनविलास लुइँटेल (प्रअ), कृष्ण पुरी (प्रअ), कृष्ण अधिकारी (प्रअ), केन्द्रप्रसाद भट्टराई, गोपालकुमार संग्रौला, तारा विविध, माधवप्रसाद खतिवडा, टिकेन्द्र पौडेल (प्रअ), कृष्णप्रकाश सुमार्गी, रश्मि असफल, लक्ष्मीअच्युत ढुङ्गाना, मायामितु न्यौपाने, विष्णुकुमार भट्टराई, पवन ढुङ्गेल, देवीचरण भण्डारी, रामचन्द्र उप्रेती, मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला, सुव्रत नेउपाने, लक्ष्मी उप्रेती, राम कट्टेल, पुष्प काफ्ले, किशोर कोइराला, केशव पौडेल, मेघनाथ बन्धु खनाल (इलाम), अभागी थेगुवा, भीम खवास, सुनीता तामाङ, नरेन्द्र खड्का (उ.वा.सं), चित्रा पौडेल, तारा ढकाल, सुशीला रिजाल, मुनाराज सेर्मा, झाँक्रीखोले, हरिप्रसाद रिमाल, तेजु चौंलागाईं, मुना खनाल, टङ्क विकल्पलगायत सयौं स्रष्टाहरूको उपस्थिति थियो ।

उपस्थितहरूको उपस्थिति मध्यान्तरपछि जसरी सल्याकसुलुक दुब्लायो त्यस्तो नभएको भए कार्यक्रम सारै भव्य ‘ए-वन’ हुन्थ्यो । तैपनि कार्यक्रम सारै राम्रो भयो ।

०००
– पुन्य खेरल, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x