साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्साहजनक सहभागितामा हेटौँडा महफिल

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणबाट एकमुष्ट आसनग्रहण गराउँदै शुरू गरिएको कार्यक्रमको गजल वाचनको सेसन गजलकार बाबु त्रिपाठीले सञ्चालन गर्नु भएको हो ।

Nepal Telecom ad

हेटौँडा, माघ ७, २०७९ । गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजल वाचन कार्यक्रम गर्ने गरेको छ । यो शनिबार १९८औँ गजल सन्ध्याको अवसरमा युवा गजलकारहरूद्वारा गजल वाचन कार्यक्रम गरियो ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणबाट एकमुष्ट आसनग्रहण गराउँदै शुरू गरिएको कार्यक्रमको गजल वाचनको सेसन गजलकार बाबु त्रिपाठीले सञ्चालन गर्नु भएको हो । जुन सेतो पर्दा टेलिभिजनमार्फत् प्रशारण गरिनेछ ।

हेटौँडा निवासी मञ्चका सचिव हरिप्रसाद पौडेल, भीमफेदीकी संगीता थापा तथा लक्ष्मण संगम र मुना बोहराका गजलहरू गुञ्जिएका थिए । संगमका गजलहरूमा स्रोताहरूको तालीले गडगडाहट पायो भने पौडेलका गजल गायनले सबै मन्त्रमुग्ध भएका थिए । थापा र बोहराका गजलहरूमा युवाहरूको उल्लेखनीय साथ रह्यो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मन्तव्य राख्नुभयो ।

कार्यक्रममा चारजना गजलकार, सञ्चालक बाबु त्रिपाठी र कवि प्रज्वल अधिकारीलाई मायाको चिनो प्रदान गरियो ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा, शब्दघर छापाखाना, जरूवा क्रिएशन, गोधुली साहित्य प्रतिष्ठान, एमटिसी चाबहिल आदिको व्यवस्थापन सहयोगमा उक्त कार्यक्रम हेटौँडा क्याम्पसको सभा हलमा सञ्चालन गरिएको हो ।

०००
– संप्रस पौडेल, हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x