सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उत्साहजनक सहभागितामा हेटौँडा महफिल

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणबाट एकमुष्ट आसनग्रहण गराउँदै शुरू गरिएको कार्यक्रमको गजल वाचनको सेसन गजलकार बाबु त्रिपाठीले सञ्चालन गर्नु भएको हो ।

Nepal Telecom ad

हेटौँडा, माघ ७, २०७९ । गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजल वाचन कार्यक्रम गर्ने गरेको छ । यो शनिबार १९८औँ गजल सन्ध्याको अवसरमा युवा गजलकारहरूद्वारा गजल वाचन कार्यक्रम गरियो ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणबाट एकमुष्ट आसनग्रहण गराउँदै शुरू गरिएको कार्यक्रमको गजल वाचनको सेसन गजलकार बाबु त्रिपाठीले सञ्चालन गर्नु भएको हो । जुन सेतो पर्दा टेलिभिजनमार्फत् प्रशारण गरिनेछ ।

हेटौँडा निवासी मञ्चका सचिव हरिप्रसाद पौडेल, भीमफेदीकी संगीता थापा तथा लक्ष्मण संगम र मुना बोहराका गजलहरू गुञ्जिएका थिए । संगमका गजलहरूमा स्रोताहरूको तालीले गडगडाहट पायो भने पौडेलका गजल गायनले सबै मन्त्रमुग्ध भएका थिए । थापा र बोहराका गजलहरूमा युवाहरूको उल्लेखनीय साथ रह्यो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मन्तव्य राख्नुभयो ।

कार्यक्रममा चारजना गजलकार, सञ्चालक बाबु त्रिपाठी र कवि प्रज्वल अधिकारीलाई मायाको चिनो प्रदान गरियो ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा, शब्दघर छापाखाना, जरूवा क्रिएशन, गोधुली साहित्य प्रतिष्ठान, एमटिसी चाबहिल आदिको व्यवस्थापन सहयोगमा उक्त कार्यक्रम हेटौँडा क्याम्पसको सभा हलमा सञ्चालन गरिएको हो ।

०००
– संप्रस पौडेल, हेटौडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad