साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौली

सत्तामा पद बाँडफाँड बिचमा हुन्छन् झमेला सधैँ , टोली जुट्छ र फुट्छ एक छिनमै छोडेर लज्जा हदै, यस्तो हाल गरेर देश कहिले समृद्ध होला भन, फित्कौली कति हान्नु यो मुलुकका लोभी र पापीकन ।

Nepal Telecom ad

हिँड्ने मानिसको सुमार्ग बिचमै बस्छन् तगारो बनी
खोज्छन् खाडलभित्र पार्न सहजै यो देशलाई पनि
बाह्रै मास छ बारबार यिनको बाह्रै यहाँ उल्झन
फित्कौली कति हान्नु यो मुलुकका लोभी र पापीकन ।।१

भ्रष्टाचार गरेर फाइल हरे ! लुक्छन् हजारौँ पनि
दुम्सीले जसरी खनीकन दुलो छोपेर सारा अनि
भोग्छन् आज सबै पदारुढ यहाँ सामन्तको जीवन
फित्कौली कति हान्नु यो मुलुकका लोभी र पापीकन ।।२

नेताको त कुरै भएन अहिले जोडे घडेरी ठुलो
ठेक्कामा पनि हात हुन्छ तिनको रोकिन्छ बाटो कुलो
दिन्छन् जे अनुदान दान सब त्यो खोजेर आफ्ना जन
फित्कौली कति हान्नु यो मुलुकका लोभी र पापीकन ।।३

सत्तामा पद बाँडफाँड बिचमा हुन्छन् झमेला सधैँ
टोली जुट्छ र फुट्छ एक छिनमै छोडेर लज्जा हदै
यस्तो हाल गरेर देश कहिले समृद्ध होला भन
फित्कौली कति हान्नु यो मुलुकका लोभी र पापीकन ।।४

खोज्छन् कानुनभित्र छिद्र कसरी ती न्यायकर्मी पनि
जोगिन्छन् कति एउटै कसुरमा पर्छन् खुँगे क्वै अनि
यो हाम्रो गणतन्तमा किन पस्यो यो बिघ्न छाडापन ?
फित्कौली कति हान्नु यो मुलुकका लोभी र पापीकन ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x