साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यिक होली

काला कर्तूतवाला, विकृत र जनका वैरिमा रङ्ग अर्कै कालो, ध्वाँसो, लिसो वा महिषमल मुछी छ्यापिहालौं थपक्कै छन् जे जस्ता विधाका विविध रङ झिकी खेल्न पाए मजाले बन्थ्यो साहित्य खास्सा रङयुक्त, रसिलो ठान्छ खोलाघरेले ।

Nepal Telecom ad

कोही हानौं बनाई गजलरङ धुलो केशरी, बैजनीको
कोही छ््यापौं नियात्रा रङ घुलन गरी सुन्तले या त नीलो
जस्तो जस्तो भए होस् रङ तर उसमा भाव खाट्टी मिसाऔं
हानौं दुर्भाव रित्याउन मन मनका द्वेष सारा निखारौं
१०१

होऊन् क्वै गद्यरङ्गी कि त कतिपयले छन्दका रङ्ग हानून्
शैली वा शब्दसज्जा रङविरङ बनून्,चित्त सारा रमाऊन्
पिच्कारीले कथाका रङ थरिथरिका हान्न थालून् कसैले
यो होली वाङ्मयीमा हृदय रत भई खेल्न पाऔं सबैले ।
१०२

साना, छोटा, मिलेका चुटुकपुटुकका मुक्तके गोल घोल
हान्दै ताकेर सारा विकृत जगतमा रङ्ग हानौं गुलेल
झन् छोटा हाइकूका अबिर र फगुवा बुङ्ङ पार्दै उडाऔं
आफ्नो झोलीभरीमा रङ छ जुन कडा त्यो निकालेर खेलौं।
१०३

नौला लाग्लान् “तियाली“ रङ नविन अझै ‘कोपिला’ वा ‘सुसेली’
साना हुन्छन् कथामा ‘लघु’ तर पनि छन् छाप पार्ने छ शक्ति
जे जे होऊन् सबैले किसिम किसिमका दाग पारून् हियामा
छ्यापून् यी अन्धविश्वासउपर झरिलो कीर्ति राखून् नियाँमा
१०४

काला कर्तूतवाला, विकृत र जनका वैरिमा रङ्ग अर्कै
कालो, ध्वाँसो, लिसो वा महिषमल मुछी छ्यापिहालौं थपक्कै
छन् जे जस्ता विधाका विविध रङ झिकी खेल्न पाए मजाले
बन्थ्यो साहित्य खास्सा रङयुक्त, रसिलो ठान्छ खोलाघरेले ।
१०५

०००
‘स्रग्धरावली’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x