साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रङ्गीचङ्गी भुवन सुकिलो

रङ्गीचङ्गी भुवन सुकिलो साथ सद्भाव ऊर्जा ओर्लेका छन् तरुण वयमा देहका पार्टपूर्जा टाढा शङ्का सब हुन गए आत्मविश्वास चोखो सङ्लो अग्लो मणिमय छटा ज्ञानको ज्योति भोको ।

Nepal Telecom ad

आहा ! आहा ! सरल कविता साथमा विश्व भाइ
काव्या गोरी प्रकट प्रतिभा चिन्न पाएँ बधाई
होली खेल्ने चलन रङको पर्व फागुन मास
हाँसो उस्तै कविश मनको झल्ल देखेँ सुवास

शिक्षा दीक्षा सकुशल सफा जिन्दगी नाचगान
आएको यो समय रथ हो मोक्ष पुग्ने विमान
छुट्टै शोभा विकसित बनोस् ताज हो यो इमान
आहा ! आभा पुलकित प्रभा देखियो स्वाभिमान

होली खेल्ने अवसर जुट्यो फाल्न टाढा निराशा
आएकी छिन् समुचित कला बन्न चाहेर आशा
ल्याएकी छिन् लय कुशलता मग्न बोकेर डोली
आँखा भन्छन् सफल कवि छन् कल्पनाले बटोली

मैला जम्मै पर हुन गए, जिन्दगी बज्छ बाजा
डोली चढ्छिन् कुसुम युवती सौम्य मायाँ छ चासो
छैनन् ईष्र्या कपट कटुता, शिष्ट झन् देख्छु हाँसो
साट्यौं आत्मा विमल मन जो भाग्छ टाढा गुनासो

रङ्गीचङ्गी भुवन सुकिलो साथ सद्भाव ऊर्जा
ओर्लेका छन् तरुण वयमा देहका पार्टपूर्जा
टाढा शङ्का सब हुन गए आत्मविश्वास चोखो
सङ्लो अग्लो मणिमय छटा ज्ञानको ज्योति भोको ।

०००
२०७९/११/२२, बिहान
तनहुँ, नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x