साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोकान

भर्खरकै फर्निचरमा लागेछ धुलिया के भएको हो हेर्दा युरोपियन अमेरिकन चाइनिज इण्डियन जस्तै दुरुस्तै देखिन्छ सिंहदरबारको हुलिया के भएको हो ?

Nepal Telecom ad

१.
लेख्दै गरेँ मैले र मेट्नेहरूले मेटेर गए
जोकर बनाए तासको गड्डीझैँ फेटेर गए
जो नजिक थिए सबैभन्दा आखिर उनैले
आलिङ्गनको बहाना पारी घाँटी रेटेर गए ।

२.
बिग्रिएको ताल्चा न त बन्द हुन्छ न खुल्छ
ओइलिएको फूलमा न भमरो न मौरी डुल्छ
जत्ति खनजोत गर्नुस् जत्ति मलजल हाल्नुस्
ढुङ्गो आखिर ढुङ्गो न हो न टुसाउँछ न फुल्छ ।

३.
एकाबिहानै कतैबाट मृत्युको सन्देश आए जस्तो
निल्न भनेर अजिङ्गरले यामानको मुख बाए जस्तो
सधै सन्त्रासमा बाँच्नुपर्ने नियति नेपालीको हेर्नुस् न
कुखुराका ओथाराहरूमा चीलले कावा खाए जस्तो ।

४.
आफैले लगाएको बेर्ना आफै गिँड्न मिल्दैन
बिगार गरे भन्दैमा बच्चासँग भिड्न मिल्दैन
अझै कति निर्लज्ज बन्छस् थुइक्क राजनीति
नाङ्गै जन्मेको हो भन्दैमा नाङ्गै हिँड्न मिल्दैन ।

५.
औषधिको लेवलमा विषको पुरिया के भएको हो
भर्खरकै फर्निचरमा लागेछ धुलिया के भएको हो
हेर्दा युरोपियन अमेरिकन चाइनिज इण्डियन जस्तै
दुरुस्तै देखिन्छ सिंहदरबारको हुलिया के भएको हो ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x