साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलो

खानुमा सवलाई भात ठूलो हजुऱ्याउन सबलाई हात ठूलो कार्यकर्ताहरूको नाक ठूलो नेताहरूको धाक ठूलो । घर बनाउनेलाई मोहडा ठूलो ठेक्कापट्टा लिनेलाई ओहदा ठूलो

Nepal Telecom ad

नेपालीलाई नेपाल ठूलो
ठिटाहरूलाई कपाल ठूलो
तमाखु खानेको हुक्का ठूलो
हुल्याहाहरूको मुक्का ठूलो ।

जोगीहरूको आसन ठूलो
नेताहरूको भाषण ठूलो
कानून्चीहरूको निसाफ ठूलो
हाकिमहरूको हिसाव ठूलो ।

सिकर्मीहरूको रण्डा ठूलो
डोलेहरूको हण्डा ठूलो
मन्त्रीहरूको झण्डा ठूलो
पुलिसदाइको डण्डा ठूलो ।

रोटा रोटीलाई बेसन ठूलो
ठिटा ठिटीलाई फेशन ठूलो
माउरीहरूको चाका ठूलो
दर्जीहरूको भाका ठूलो ।

शिकारीलाई गोली ठूलो
कर्मचारीलाई भोलि ठूलो
मुक्केवाजको मुड्की ठूलो
श्रीमतीजीको घुर्की ठूलो ।

राम्रो हुनलाई गोराइ ठूलो
उत्तीणर् हुनलाई चोराइ ठूलो
शिक्षकहरूको तालु ठूलो
परीक्षामा विद्यार्थीलाई आलू ठूलो ।

जाडोमा सबको घाम ठूलो
बूढापाकाहरूको राम ठूलो
देश सेवकहरूको काम ठूलो
जाली फटाहाहरूको नाम ठूलो ।

चन्द्रसूर्यलाई राहू ठूलो
असामीहरूलाई साहू ठूलो
कर्मचारीहरूको दाउ ठूलो
व्यापारीहरूको भाउ ठूलो ।

पर्खाल लगाउन चपरी ठूलो
पंडित बाजेको टपरी ठूलो
प्रेमी प्रेमिकाको भेट ठूलो
घुस्याहाहरूको पेट ठूलो ।

कुकरहरूको भुकाइ ठूलो
वैद्यराजको फुकाइ ठूलो
लेक्चररको डिस्कृप्शन ठूलो
डाक्टरहरूको प्रेस्कृप्शन ठूलो ।

खानुमा सवलाई भात ठूलो
हजुऱ्याउन सबलाई हात ठूलो
कार्यकर्ताहरूको नाक ठूलो
नेताहरूको धाक ठूलो ।

घर बनाउनेलाई मोहडा ठूलो
ठेक्कापट्टा लिनेलाई ओहदा ठूलो
कविवरहरूको टोली ठूलो
कविता बक्नेको बोली ठूलो ।

०००
‘यमराजको निम्तो’ (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x