साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता ज्यूको पत्रकार सम्मेलन !

कुन कुन होटेल, स्कुल र अस्पतालमा लगानी गरियो ? एअरपोर्टबाट कति किलो सुन घर भित्रियो ? राजदूत र हाकिम छान्दा कति कमिसन आयो ? यी विषयहरूमा, न त पत्रकारहरूले सोधे ! न त पत्रिकामा छापियो !

Nepal Telecom ad

मन्त्रीको पदबाट खुस्किए पछि !
नेता ज्यूबाट पत्रकार सम्मेल्न सम्पन्न भयो !

मन्त्री हुँदा उत्कृष्ट काम गरेकोमा !
नेताज्यूले छाती फुलाए !
आफूले गरेको उत्कृष्ट, कामहरूको !
फेहरिस्ता सुनाए !

हेलिकप्टरबाट बाढी पीडितहरूको
अवलोकन गरेंं !

राहतका लागि केही पोका चाउचाउ र चिउरा
हेलिकप्टरबाटै खसालें !

मोटरको लस्कर लगाएर, गृह जिल्ला पुगें !
खादा, माला लगाएँ !
विकासको मूल फुटाउने कसम खाएँ !

केही थान आफन्तहरूलाई, सल्लाहकार मनोनित गरें !
उनीहरूको निम्ति मोटर र भत्ताको व्यवस्था गरें !

श्रीमती र छोराछोरीको प्रयोजनका लागि
दुई,चार मटरगाडी मन्त्रालयबाट जोहो गरें !

मन्त्रालयमा, कर्मचारी र ठेकदारहरू बीच
सेटिङ्ग मिलाएँ !

सेटिङ्गमा नमिल्ने कर्मचारीहरूको लिस्ट बनाउन लगाएँ !
र तिनको सरुवा गरिदिएँ !

दात्री निकायका मान्छेहरूलाई भेटेर
विदेश भ्रमणको चाजोपाँजो मिलाएँ !
दुई चार जना कार्यकर्ताको जागिरको कुरा मिलाएर !

केही पत्रकारहरूलाई अन्तरवार्ता दिएँ !

मन्त्रालयको भित्तामा आफ्नो फोटो टाँस्न लगाएँ !

आफू बस्ने मन्त्रीक्वाटर लाखौं खर्च गरेर सजाएँ, सिंगारें !
त्यै मेसोमा आफ्नो घरको मर्मत र सामानहरूको जोहो गरें !

दिनै जसो बढे नेताज्यूको महलमा हाजिर लगाएँ !
बिरोधीहरूको कुरा लगाएँ !

वाचाल मन्त्रीज्यूको,
प्रगति विवरण सुनेर, पत्रकारहरू दङ्ग परे !
तर !
कमिसन वापत कति पैसा थुप्रियो ?
कुन कुन सरकारी जमिन
छोराहरूको नाउँमा पास गरियो ?
कुन कुन होटेल, स्कुल र अस्पतालमा लगानी गरियो ?
एअरपोर्टबाट कति किलो सुन घर भित्रियो ?
राजदूत र हाकिम छान्दा कति कमिसन आयो ?

यी विषयहरूमा,
न त पत्रकारहरूले सोधे !
न त पत्रिकामा छापियो !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x