डा. विदुर चालिसेघोषणा पत्र
दुस्मन सफाया अभियानमा पड्काएको बारूद र फायरिङ सम्झ्यो । घोटिरहेको फलामको चोइलो फालेर घुर्न थाल्यो । भित्तामा टाँसिएको नारातिर हेरेर थुक्क थुकेर भन्यो । - “दलालहरूको प्रमाण पत्र !”

एकातिर लट्किएको थियो ।
– “रक्सी खान छोडदिउँ ! देश बचाउँन जोड दिउँ !!”
अर्कोतिर फर्फरिएको थियो ।
– “मुक्तियारलाई चोट दिउँ ! मुक्तिदातालाई भोट दिउँ !!”
धुले आरनको छेउमा सेतो कागजको पोष्टर लट्किएको थियो । पोष्टरमा लेखिएको भाषा देखेर बेलाबेला जब्बरे मख्ख पथ्र्यो । भावुक बन्थ्यो । खियाको फलाम घोटिरहन्थ्यो । उसमा आशा अपेक्षा र भरोसा निकै बढेको थियो । ऊ एकाएक ज्यासल मै बर्बराउँथ्यो । आशाको त्यान्द्रो समातेर बकबक गथ्र्यो ।
– “अब मुक्ति दिवस मेरो पनि हुन्छ !”
जातीय उत्पीडनले थलिएको जब्बरेले घोटिरहेको फलामबाट झरेको खियाको धुलो भूईंमै छरिएको थियो । खियाको बाक्लो धुलोलाई हत्केलामा राखेर सम्झन्थ्यो ।
– “अब मेरो पनि सबै चल्छ !”
– “के चल्छ ?”
– “पानी, बानी र थानी !”
– “नानी र जवानी चल्छ, यत्ति हो !”
मैनाको प्रश्न र जवाफले जब्बरे चुप लाग्यो । मैनाले उसलाई अर्को एक प्रश्न पनि थला बस्ने गरि सोधी ।
– “खै त तिम्रो सरिताको मुक्ति !”
बलात्कारमा परेकी सरिताको मुक्तिको कुरा सुनेपछि जब्बरेले सम्शेरको मृत्युलाई सम्झ्यो । निधारमा हात राखेर करायो ।
– “त्यो ठकुरीलाई पनि नाहकमा मारे ।”
चिन्ता, संशय, आक्रोस र आवेसमा मैनाले नजिकै बसिरहेकी सरितालाई फकाउँदै भनी !
– “अब हुन्दे, समाजमा लाज हुन्छ ! अर्कैसँग पोइल जा !”
– “के तिमीहरू पनि मेरो उत्पीडक हो ?”
जब्बरे एकछिन फेरि चुपचाप लाग्यो । उसले हिजो समातेको मुक्तिको बन्दुकको नाल सम्झ्यो । दुस्मन सफाया अभियानमा पड्काएको बारूद र फायरिङ सम्झ्यो । घोटिरहेको फलामको चोइलो फालेर घुर्न थाल्यो । भित्तामा टाँसिएको नारातिर हेरेर थुक्क थुकेर भन्यो ।
– “दलालहरूको प्रमाण पत्र !”
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































