साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल बन्दैन खै के भयो ?

मेरो राष्ट्र हुँदैन हार्न कहिल्यै जित्ने गरोस् कोशिस । टाढा पुग्नु हुँदैन आज बलिया छाडेर लावारिस ॥ सत्ता भित्र पुगेर गर्न कसिने भेटिन्न राम्रो मियो । माटो स्वर्ग समान लाग्छ जगकै बन्दैन खै के भयो ॥

Nepal Telecom ad

कालो रात छ अन्धकार धमिलो छोपिन्छ तारागण ।
कालै लाग्छ दिवा भएन गतिलो सत्ता चढे रावण ॥
बिग्रेको छरपष्ट राष्ट्र कसरी लाग्ने उँभो खस्कियो ।
माटो स्वर्ग समान लाग्छ जगकै बन्दैन खै के भयो ॥

आफैं बोक्छ हिमाल माल रहने आधार राम्रो दिई ।
राख्ने गर्छ पहाड ढाडनिरको त्यो आडमा कड्किई ॥
धानेको छ मधेशसम्म रहने आकार लामो छ त्यो ।
माटो स्वर्ग समान लाग्छ जगकै बन्दैन खै के भयो ॥

हुन्छन् ताल कतै कतै छ झरना खोला नदी खोँचमा ।
भेट्छौं खास जडीबुटी गजबका टिप्दै गए लेकमा ॥
फल्नेछन् फलफूल अन्न बढिया भर्ने छ भण्डार यो ।
माटो स्वर्ग समान लाग्छ जगकै बन्दैन खै के भयो ॥

हाम्रा श्रोत अमूल्य बुझ्न सकिए आफैँ निकाल्ने थियौं ।
थाप्छौं हात लिएर थाल सुनको बाटो कताको लियौं ॥
भत्केको अझ देख्दछौ दिनदिनै खोक्रो हुँदै यो गयो ।
माटो स्वर्ग समान लाग्छ जगकै बन्दैन खै के भयो ॥

नेपाली सब जातजाति दलका झण्डा लिई बाँडियौं ।
गुण्डाराज चलेर बिग्रिन पुग्यौं खाडी विचार्दै जियौं ॥
प्यारो जीवनकै दिने मुलुकको बन्नेछ भन्दै गयो ।
माटो स्वर्ग समान लाग्छ जगकै बन्दैन खै के भयो ॥

मेरो राष्ट्र हुँदैन हार्न कहिल्यै जित्ने गरोस् कोशिस ।
टाढा पुग्नु हुँदैन आज बलिया छाडेर लावारिस ॥
सत्ता भित्र पुगेर गर्न कसिने भेटिन्न राम्रो मियो ।
माटो स्वर्ग समान लाग्छ जगकै बन्दैन खै के भयो ॥

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x