साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेकालीलाई ‘बीडी त्यागी स्मृति सम्मान’

आगामी बैशाख १८ गते साहित्यकार बीडी त्यागीको बीसौं स्मृति दिवसको अवसरमा एक कार्यक्रमबीच सम्मान अर्पण गरिने अध्यक्ष कृष्ण आचार्यले बताउनु भयो ।

Nepal Telecom ad

बीडी त्यागी स्मृति केन्द्रले ‘बीडी त्यागी स्मृति सम्मान २०८०’ साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गर्ने निणर्य गरेको छ । लेकाली यसअगि ५ दर्जन बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित भइसकेका छन् । लेकालीका १ दर्जन बढी कृतिहरू र विभिन्न सम्पादनका कृतिहरू प्रकाशित रहेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष लेकाली हाल साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।

केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा आज २०७९ चैत २४ बिहान बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।

यसैगरी एक सय एक रुपैयाँको सिक्काको थैली रहेको ‘बीडी त्यागी स्मृति पुरस्कार’ साहित्यकार रामचन्द्र दाहाललाई, ‘बीडी त्यागी योगदान सम्मान’ प्रकाशक तथा साहित्यकार रामदेव पाण्डे र ‘बीडी त्यागी प्रतिभा सम्मान’ साहित्यकार सरु पोखरेललाई प्रदान गर्ने पनि निर्णय गरेको छ ।

यसरी नै केन्द्रले हरेक वर्ष साहित्यिक गतिविधि र उत्थानका लागि अनुकरणीय कार्य गर्ने गैरसाहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान यसपटक बुढानिलकण्ठ नगरपालिका १२ नम्बर वडाका वडा अध्यक्ष शम्भु भट्टराईलाई प्रदान गर्ने भएको छ ।

सो निणर्य उपन्यासकार शङ्कर भारती संयोजक र साहित्यकार गङ्गा पौडेल र संस्थाका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको तीन सदस्यीय प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरिएको केन्द्रले जनाएको छ ।

आगामी बैशाख १८ गते साहित्यकार बीडी त्यागीको बीसौं स्मृति दिवसको अवसरमा एक कार्यक्रमबीच सम्मान अर्पण गरिने अध्यक्ष कृष्ण आचार्यले बताउनु भयो ।

१०८ स्वामी गोपालानन्द गिरी परिचयात्मक काव्य, बन्द झ्यालको शिशाभित्र कथासङ्ग्रह, उत्पात हास्यव्यङ्ग्य उपन्यास, बैराग्य नाटक, शुभेच्छा कवितात्मक एल्बम, अठार अध्याय गीता महात्म्य, धोती न टोपी लोककथासङ्ग्रह, समृद्धि सपना राजनैतिक उपन्यास, चार थुम्का उपन्यास कृतिहरू प्रकाशित भएका साहित्यकार बीडी त्यागीको २०६० साल बैशाख १९ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधन भएपछि उहाँको सम्झनामा स्थापना गरेको बीडी त्यागी स्मृति केन्द्रले हरेक वर्ष स्मृति दिवसमा सम्मान अर्पण गर्दै आएको छ ।

हालसम्म सयभन्दा बढीले त्यागी स्मृति सम्मान प्राप्त गरिसक्नु भएको छ भने उहाँको हीरक जन्मजयन्तीको अवसरम एकै पटक पचहत्तर जना स्रष्टाहरूलाई त्यागी हीरक जयन्ती सम्मान प्रदान गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x